विज्ञान संकाय अन्तर्गत स्नातका तह प्रथम बर्षको अंग्रेजी कक्षामा एउटा प्रशंग आउँछ ः मानव सभ्यताको बिकास अमानवीय व्यवहारमा हुर्केको छ । संसारमा धर्म, दर्शन, ज्ञान, शिक्षा, संस्कार सबै कुराले मानवलाई शिक्षित र दीक्षित बनाउने प्रयत्न भएको कम्तीमा पनि पाँच हजार बर्ष भइसक्यो । यतिका समय मान्छेले मान्छेलाई शिक्षा र उपदेश दिएर बिताए । शिक्षा र उपदेश लिएर बिताए । आज पनि यो कार्यमा पृथ्वी जगतका झण्डै आधा मानिस लागिरहेका छन् ।
तर पनि किन मानाव सभ्यता अभैm क्रुर र आततायी बन्दै गएको छ ? यसबेला समय कस्तो आइरहेको छ, अकल्पनीय लाग्छ । इतिहासका निन्दनीय घटनाहरू आज समयका चाप बनेर दौडिरहेका छन् । यिनै यातनाहरूमध्ये सबैभन्दा खतरनाक यातना ‘सेतो यातना’ (ह्वाइट टर्चर) हो । सेतो यातना मनोवैज्ञानिक यातना हो । यो यातनामा यातना दिइने व्यक्तिका छ वटै इन्द्रियहरू लाई असर पुग्ने गरी यातना दिइन्छ । उसलाई जेलमा राख्ने, कपडा नदिने, खाना नदिने तर शारीरिक यातना नदिने । तिनका सुरक्षाकर्मीले पनि चौबिसै घण्टा सेता लुगा लगाउने, एक शब्द पनि नबोल्ने र पक्राउ परेको मान्छेलाई कुनै रंग नदेखाउने । उसले कसैसंग बोल्ने मौका पाउँदैन । संधै सेतो रंग मात्र देखिरहनु पर्छ । ऊ यति धेरै दिक्क हुन्छ कि ऊ निकै डिप्रेसनमा जान्छ कहिल्यै निको नहुने गरी । इरानले अमिर फख्रावर नामको कैदीलाई सन् २००४ मा ८ महिनासम्म लगातार यस्तो यातना दिएको थियो । आठ महिना पछि अमिर मनोवैज्ञानिक रूपले क्षतविक्षत भएको थियो । ऊ यति शुष्क भयो कि जेलबाट छुटेपटि उसले आप्mनै आमाबाबुको अनुहार पनि संझिन सकेन । ऊ पूरै असाधारण व्यक्ति बन्न पुग्यो र अशक्त बाँच्न थाल्यो ।
आज म अमिरको याद गरिरहँदा मेरो नजर कहिले पोखरा पुग्छ । कहिले काठमाडौ पुग्छ । कहिले बुटवल पुग्छ । कहिले बिरगंज पुग्छ । कहिले चितवन पुग्छ । अनि देख्छ एउटा अमिर फख्रावर । उसलाई सिर्पm ४ वटा शब्द राखिएका छन उसको वरिपरि ः हिरासत, प्रहरी, सहकारी, भ्रष्टाचार ।
उसले यी ४ शब्द मात्रै देख्छ जताततै । यिनै मात्रै देख्छ जताततै । यिनै मात्रै सुन्छ जताततै । यिनैसंग सुत्छ । यिनैसंग उठ्छ । यिनैसंग खान्छ । यिनैसंग हग्छ । यिनैसंग बोल्छ । यिनैसंग मुरमरिन्छ । यिनैसंग बिद्रोह गर्छ । यिनैसंग आक्रोश पोख्छ । यिनैसंग युद्ध गर्छ । यी उसका साथी हुन । भात हुन । पानी हुन । ऊर्जा हुन् । त्यही भएर आजकल उसलाई अब यी ४ शब्दावली हिरासत, प्रहरी, सहकारी, भ्रष्टाचार बाहेक केही पनि उच्चारण गर्न आउने छैन । सपनामा पनि त्यही देख्ने छ । बिपनामा पनि त्यही देख्ने छ । त्यही सुन्ने छ । चार जिल्लाको पालो सकएिपछि त्योभन्दा ‘उच्च’ अदालतहरूमा घिसारेर लगिने छ । अनि फेरि उही सिलसिला चल्ने छ र देखाइने छ तिनै ४ वटा चिजः हिरासत, प्रहरी, सहकारी र भ्रष्टाचार । अनि उसले तिनै पदावली देख्न र सुन्न थाल्छ । अनि तिनैसंग जीवनको समीप्यता ग्रहण गर्ने छ । जीवनको अपरिहार्यता बनाउने छ । तिनैसं खाने छ । तिनैसंग सुत्ने छ, तिनैसंग उठने छ, तिनैसंग अंकमाल गर्ने छ । तिनैसंग सम्बाद गर्ने छ । ती ‘उच्च’ हरूले आप्mनो लीला सके भने उसलाई घिसारेर ‘सर्बोच्च’ तिर लैजाने छन् । अनि फेरि ऊ तिनै ४ वटा पदावलीसंग जीवन गुजारा गर्न थाल्ने छ ।
र कुनै समयमा उसले आप्mनो ‘अपराध’ को भूक्तान गरिसकेपछि उसलाई त्यहाँबाट मूक्ति दिलाइने छ । छोडिने छ । जव ऊ ती ४ शब्दबाट बाहिर आउने छ, उसले बाँकी सकै कुरा बिर्सिने छ । आप्mनै नेता र कार्यकर्ता बिर्षिने छ । आप्mनो पूर्व परिवेश सबै बिर्षिने छ । ऊ भौंतारिँदै घर पुग्ने छ । आप्mनी आमा, बा र श्रीमतीलाई देख्ने बित्तिकै प्रश्न गर्ने छ, ‘तिमीहरू को हौ ?’
अनि उसका परिवारजन रून कराउन थाल्ने छन् । कोकोहोलो गर्ने छन् । एउटा महान, चलाख, क्षतावान, दर्बिलो सन्तान गुमेकोमा तिनका छाती छियाछिया हुने छन् ।
आज हाम्रो यो समय र परिवेशमा हामीले पाएका ती अमिर यतैतिर छन् । ती नेपाली जनता हुन् । लोकतन्त्र हो, एउटा न एउट दललाई भोट दिनै पर्छ जनताले । तर ती जनताको हुर्मत लिने काम गर्छन् । कार्यकर्ता पाल्न ऋणमा लग्छन् देशलाई । एउटा नागरिकले पाउने कुनै सुविधा छैन । आयकर ३ सय प्रतिशत तिरेर सवारी किन्छ जनता, सवारी कर तिर्छ जनता, तर कवाडी बाटोमा कुदाएर एक बर्षमा गाडी खराव बनाउनु पर्छ । अनि आप्mनै खर्चमा मर्मत गर्नु पर्छ । रोजगारी छैन, युवालाई बिदेशिनबाट रोक्ने कुनै चिन्तन छैन । परनिर्भरता र आयात बढेको बढ्यै छ । निर्यात छैन । राष्ट्रिय पूँजिको बिकास छैन । पूँजि निर्माण छैन । समाज, सामाजिक संस्थाहरूलाई र प्रत्येक व्यक्तिलाई दलीयकरण गरेर देशलाई गरूढको छाँयाको सर्प बनाइयो । न्यायधिस दलका, पत्रकार दलका, वकिल दलका, शिक्षक प्राध्यापक दलका, कर्मचारी दलका, मजदुर दलका, डाक्टर इन्जिनियर दलका, नर्स दलका, किसान दलका, बिद्यार्थी दलका, व्यापारी उद्योगपति दलका । जनता खोइ ?
अनि जनता विनाको देशमा दलहरूले पनि कसका लागि काम गर्नु त ? तिनै कार्यकर्ताका लागि त भयो नि काम । यस्तो बेलामा नेपाली जानता इरानका ती कैदी अमिर जूतै भएका छन् । यो देश ‘साइत्र्mयाटिक वार्ड’ जस्तो भएको छ । ती काम गरिरहेका छौं भन्छन्, तर के काम गरिरहेका छन् तिनलाई नै थाहा छैन । ती हिंडिहेका छन् तर कतै पुगेका छैनन् । ती बोलिरहेका छन्, तर न कतै सुनिएको छ, न कुनै कुरा बुझिएको छ । अहिले चिथोरा चिथोर गर्छन्, एकै छिनमा म्वाईं खान्छन् । अहिले यता मिलेर सरकार बनाउँछन्, एकै छिनमा उता मिलेर बनाउँछन् । सरकार बनेका दिनदेखि प्रधानमन्त्रीको काम मनेको यो सरकार ढल्दैन भन्नु मात्रै हो । बाँकी काम कर्मचारीले आप्mनो मर्जीले गर्छन् । यो देशलाई साइत्र्mयाटिक वार्ड बनाउने दल र तिनका् दलीयकरणले अज जनतालाई अमिर फख्रावर बनाइरहेछन् । हामी अमिर फख्रावर बनिरहेका छौं । त्यही भएर मानिस अचेत बनिरहेका छन् । रवि लामिछाने अहिलेको खाटी अमिर फख्रावर हुन् । उनले भविश्यमा अदालत, प्रहरी, सहकारी, भ्रष्टाचार बाहेक सबै बिर्षिसकेका हुने सम्भावना छ । र त्यही बनाउन खोजिएको देखिन्छ ।

Author

You may also like