मुख्य स्थानीय

सडकको पुनःनिर्माण थाल्ने सहमति

दमक, ०१ चैत्र । दमकमा ढल व्यवस्थापनका क्रममा केही समयदेखि अस्तव्यस्त रहेका सडकहरुको पुनःनिर्माण कार्य एकसाताभित्रमा थाल्ने सहमति भएको छ ।

बुधबार खानेपानी तथा व्यवस्था विभागका महानिर्देशकसहित निर्माण व्यवसायीहरु र दमक नगरपालिका प्रमुख राम कुमार थापाबीच राजधानी काठमाडौंमा भएको बैठकमा पुनः कालोपत्रे सडक निर्माणको कार्य एक साताभित्र थाल्ने सहमति भएको हो ।

बैठकमा खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठ, उपमहानिर्देशक रामकुमार श्रेष्ठ, निर्माण व्यवसायी ठेकदार कम्पनी स्वामी नारायण जेभी निर्माण सेवाका प्रबन्ध निर्देशक सन्तोष बस्नेत, परियोजना प्रबन्धक भोला चौधरी लगायतको उपस्थितिमा सो बैठक भएको दमक नगर प्रमुख थापाले जनाए । सडक तथा ढल व्यवस्थापनमा भइरहेको ढिलाइबाट नगरवासीमा समस्या भएको नगर प्रमुख थापाले प्रष्ट पारेका छन् ।

Author

You may also like