मुख्य स्वास्थ्य

पाठेघर र स्तनको क्यान्सर जाँच हुने

दमक, १४ असोज-
दमक नगरपालिकाले विराट टिचिङ अस्पताल विराटनगरसँगको सहकार्यमा नगरमा पाठेघरको मुख तथा स्तन क्यान्सर सम्बन्धी उपचार सेवा पुनः सुरु गर्ने भएको छ ।
दमक नगरपालिका कार्यबाहक नगर प्रमुख रेगिना भट्टराई प्रसाईंले विराट टिचिङ अस्पतालकी विशेषज्ञ डाक्टर अस्मिता रायमाझीसँग छलफल गरी सो निणर्यमा पुगेको उल्लेख छ । प्रत्येक शुक्रबार गरिने उपचारको पुनः सुरुवात असोज २६ गतेबाट सुरु हुने भएको छ । ‘हाल अस्पतालको पहुँच कम भएका वडा वडाका आवश्यक ठाउँहरुमा शिविरका रुपमा सेवा सञ्चालन समेत गर्ने योजना बनाइएको छ ।’- कार्यबाहक प्रमुख प्रसाईंले भनिन् ।
पाठेघरको मुख र स्तन क्यान्सरको महिलाहरुमा बढी मात्रामा देखिने गरेकाले यो सेवा पुनः विषेशज्ञ डाक्टर सहित सुचारु गर्ने र क्यान्सर देखिएमा विरामीलाई सहज र सर्वसुलभ ढंगबाट उपचार गराउन आवश्यक सहजीकरण दमक नगरपालिका स्वास्थ्य शाखाले गर्नेछ । प्रत्येक शुक्रवार साप्ताहिक रुपमा यो सेवा उपलब्ध हुने र मासिक रुपमा विशेषज्ञ डाक्टर अस्मिता रायमाझीले दमक अस्पतालमा ओपीडी सेवा प्रदान गर्नेछ ।

Author

You may also like