दमक, १३ असोज-
साहित्य कला सङ्गम दमकले स्रष्टा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सदस्य कवि तथा साहित्यकार प्रा.डा. देवी नेपालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा साहित्यकार तथा पाठ्यक्रमविद् डा.गणेश भट्टराई, लेखक तथा प्रकाशक रामदेव पाण्डे, दमक प्रज्ञा परिषदका पूर्व अध्यक्ष हेमनाथ अधिकारी, साहित्य कला सङ्गमका पूर्व अध्यक्ष नरपति पाण्डेले साहित्यिक चर्चा गरेका थिए ।
कार्यक्रममा साहित्यकारहरु, यादवप्रसाद अधिकारी, दुर्गा काफ्ले, विन्दु दहाल मुकदर्शक, ओमप्रसाद खनाल, डा. लेखनाथ न्यौपाने, कमलप्रसाद भट्टराई, वीरेन्द्र खडका, मेघनाथ बन्धु, छविराम न्यौपाने, अम्विकाप्रसाद सापकोटा, डिल्लीराम निरौला, छविराम न्यौपाने, पुस्ता राई, ज्ञाननाथ निरौला लगायतका सष्टाहरुले आफ्ना साहित्यिक रचनाहरु प्रस्तुत गरेका थिए ।
सङ्गमका कोषाध्यक्ष ओमप्रसाद खनालले सञ्चालन गरेको रचना वाचन कार्यक्रमको अध्यक्षता सङ्गमका उपाध्यक्ष यादवप्रसाद अधिकारी “झाक्रिखोले” ले गरेका थिए ।

Author

You may also like