मुख्य स्वास्थ्य

औषधिको केन्द्रमा झापाका २ निर्वाचित

-दमक, २९ भदौ नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) को १४ औं केन्द्रीय अधिवेशनबाट झापाका २ जना केन्द्रीय समितिमा निर्वाचित भएका छन् ।
विरगञ्जमा सम्पन्न अधिवेशनबाट संघका झापा अध्यक्ष दमक निवासी गौतम गुप्ता थोकतर्फबाट निर्विरोध निर्वाचित भएका छन् । उनी दमकका पुराना व्यवसायी एवं संघमा सक्रिय व्यक्ति हुन् ।

यस्तै, वितोमोड निवासी संघको कोशी कार्यसमिति सदस्य कंचन शर्मा खतिवडा खुद्रातर्फबाट निर्वाचन मार्फत निर्वाचित हुन पुगे ।
त्यस्तै, मोरङबाट कोशी प्रदेश उपकोषाध्यक्ष प्रदीप दास पनि खुद्रातर्फबाट केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित हुन पुगेका छन् ।

Author

You may also like