दमक/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश आएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको एकल इजालसले रविलाई बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा रिहा आदेश दिएको हो । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम हिनामिनाको मुद्दामा बिहीबार अदालतले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।
कात्तिक २ गते काठमाडौंको वनस्थलीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयबाट पक्राउ परेका उनी कास्की प्रहरीको हिरासतमा थिए । रविसँगै पूर्वडिआइजी छविलाल जोशी ८८ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
जिबीसँग मिलेर रकम ठग्ने काममा संलग्न रहेको अभियोगमा लिला पछाईं, पूूर्वसांसद सूर्यदर्शन सहकारीको संस्थापक उपाध्यक्ष मीना गुरुङ, पूर्वकोषाध्यक्ष आरती गुरुङ र पूर्वसञ्चालक कृष्णबहादुर गुरुङलाई पनि धरौटीमा छाड्ने आदेश भएको हो । पोखराको सूर्यदर्शन सहकारीका १८ हजार ७ सय बचतकर्ताको एक अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ ३ पैसा अपचलन गरेको उल्लेख गर्दै सरकारी वकिलको कार्यालयले पुस ७ गते अदालतमा मुद्दा दायर गरेको थियो ।
आदेश आउनु अगाडि लामिछानेले थुनामुक्त गरेमा सहकारी पीडितको रकम फिर्ता गर्ने पहल गर्ने जनाएका छन् । जिल्ला अदालत कास्कीमा आरोपीलाई कुरा राख्ने समय दिएपछि अदालतको इजालासमा उनले सो प्रतिबद्दता जनाएका हुन् । ‘पीडितको बचत फिर्ता ल्याउन पहल गर्छु, बाहिरै बसेर पुर्पक्ष गर्ने व्यवस्था होस्, बिगतमा गृहमन्त्री हुँदा पनि मैले कुनै शक्ति दुरुपयोग गरिनँ । अब पनि दुरुपयोग गर्ने अवस्था छैन,’ न्यायधिस समक्ष लामिछानेले प्रतिबद्दता जनाएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहित सूर्यदर्शन सहकारी ठगी मुद्दामा पक्राउ परेका ७ जना आरोपीलाइ अदालत लगिएको थियो । उनीहरूको थुनछेक देखी जवाफी बहस सबै सकिएकाले सो मुद्दामा आदेश आउने सम्भावना देखिए रवि… पछि सबै ७ आरोपीलाइ जिल्ला अदालत कास्की लगिएको हो । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा प्रतिवादी पक्षका वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी वयान हिजो साँझ सकिएको थियो । बिहिवार सबै आरोपीलाइ कुरा राख्न समय दिइएको थियो ।
रास्वपा सभापति लामिछानेसहित गोर्खा मिडिया प्रालिमा सहकारीको पैसा लगेर हिनामिना गरेको लगायतको आरोपमा पूर्व डिआईजी छविलाल जोशी, लिला पछाईं र रामबहादुर गुरुङलगायत हिरासतमा रहेका छन । अहिले कास्की जिल्ला अदालत बाहिर रास्वपाका समर्थकहरू भेला भएका छन् । अदालतको विश्राम कक्षमा रवि लामिछाने र उनकी पत्नी निकिता पौडेलले समय बिताइरहेका छन् । केहीबेरमा आदेश आउने सम्भावना छ । रास्वपाका नेताहरू पनि अदालत परिसरमा देखिएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीले निषेधित क्षेत्रको सुरक्षा कडा बनाएका छन् ।