दमक/ जीवन स्मृति प्रतिष्ठानको नेतृत्व चयन भएको छ । शनिबार सम्पन्न साधारण सभाबाट भूमिप्रसाद दाहालको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा शिव ढकाल, सचिवमा धनकुटे कान्छा, सहसचिवमा सुमित्रा वाङ्देल चेली, कोषाध्यक्षमा भवकृष्ण खतिवडा र सदस्यहरुमा क्रमशः धनञ्जय बाँस्कोटा, कल्पना खतिवडा, युवराज आचार्य र रामनाथ आचार्य चयन भएको निर्वाचन अधिकृत अनु अधिकारीले जानकारी गराइन् । साधारणसभामा संस्थाको वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गरिएको थियो । कार्यक्रम प्राच्य विज्ञान अनुसन्धान केन्द्र दमक–४ डिपु चौकमा भएको थियो । कार्यक्रमको प्रुमुख अतिथ प्राध्यापक मोहन भण्डारी र अतिथिहरुमा साहित्यकार खेमलाल पोखरेल, कवि विष्णु न्यौपाने, साहित्यकार बाबुराम न्यौपाने उत्स लगायत रहेको थिए ।