===== राजनीतिमा दम्भ र दम्भले चलाएको राजनीतिले, राष्ट्रियता र जनताको शासन कल्पना हुँदैन । मात्रै सकसहरूको थुप्रो लगाउँदै जान्छ । हाम्रो मुलुक यिनै सकसहरूको चेपुवामा चेप्टिएको छ । लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था सुन्दर जनप्रिय बनाउन कमसेकम धैर्यता गर्ने क्षमता बढ्नु पर्दछ । एक पक्षले मात्र होइन, सहयात्री सबैले एकआपसमा स्वस्थ राजनीतिक मित्रता राख्ने क्षमता सिर्जना गर्न सक्नु पर्यो । =======
नरपति पाण्डे
‘फाब्ने वा नफाब्ने, टिक्ने वा नटिक्ने, आशिर्वाद वा श्राब, माटो सुहाउँदो वा नसुहाउँदो, अनुकुल वा प्रतिकुल’ भन्ने विषय राजनीतिमा हुन्छ जस्तो लाग्छ मलाई । मल हालेर, माटो टेस्ट गरेर, हावापानी मिलाएर, ज्योतिषी हेराएर, बैद्यकहाँ विमर्श गरेर, धामी फेदाङ्मासँग जोखाना हेराएर गरिने विषय पनि होइन राजनीति । कुनै ईश्वरीय भरोसामा चल्ने विषय पनि होइन राजनीति । यो मान्छेलाई फाब्छ त्यो मान्छेलाई फाब्दैन कुरा राजनीतिमा हुँदैन । देवी देउताको मठमन्दिरमा कालो बोका बाख्री, राँगाभैसीं बली दिएर ढङ्ग पूगछ भन्ने पनि होइन राजनीति । चैत्य गुम्बा आदि देवालयहरुमा प्रार्थना गरेर शुरु गर्ने विषय होइन राजनीति । ‘कुनै राजनीतिक दर्शनमा आकर्षित वा प्रशिक्षित भइसकेपछि म समाजलाई यो चाहिँ निस्वार्थ भावले त्यागको भावना राखेर रुपान्तरण गर्न हरप्रयास गरिरहनेछु र स्थायित्व दिनेछु’ भन्ने भावना राखेर गरिरहने विषय हो राजनीति । हुनतः यहाँ यसो भन्न खोजेर कुनै ‘पाडित्याइँ झल्कने’ जस्तो गरी कुनै विषयको बारेमा लेख्नुको अर्थ त नहोला तर हाम्रो सामाजिक परिवेशमा देखेको यथार्थता यही हो ।
मुलुकप्रति जिम्मेवार भावना बोकेर ‘बरु बलिदान हुन्छ यस्तो निरङ्कुश, स्वेच्छाचारी, जहाँनिया निरङ्कुशतन्त्रलाई फाल्न कम्मर कसेँ’ भन्ने बीरहरुको शहादतबाट आर्जेको प्रजातन्त्रको राम्रो सदुपयोग, सञ्चालन, गोडमेल गर्न नजानेर ६१ वर्ष अगाडिको संसदीय प्रजातान्त्रिक व्यवस्था धरापमा परेको यथार्थता कसैले नलुकाए हुन्छ । कुनै मुलुकमा व्यवस्था र सत्ता आफै साध्य हुँदैन । राजकीय क्रियाकलाप सञ्चालन गरेर नागरिकलाई सुखशान्ति तथा भविस्य दिने र मुलुकको अक्षुण्यतालाई कुनै शक्तिबाट खलल हुन नदिने काम चाहिँ व्यवस्था र सत्ताको हो । साध्य त देश हो । यस्तो महत्वपूर्ण काम गर्न त्यस व्यवस्था भित्र प्रतिस्पर्धा गर्ने राजनीतिक दल वा शक्तिहरुको हो भन्ने सत्य कुरा लुकाएर आज पुनः व्यवस्थाभित्र आफै छौंडा खेल शुरु गर्न पक्षहरु उत्रिसकेको छन् । सबै सक्रिय सहभागी भएर निर्माण गरेर संबिधानले दिएको सत्ता सञ्चालनको संबैधानिक अधिकार प्रयोग गर्न नदिने खेल शुरु भइसकेको छ यो प्रवृति मौलाएर अगाडि बढ्दै गयो भने मुलुकमा भयाभव परिस्थिति सिर्जना हुनबाट कसैले रोक्न सक्ने छैन । विगत ०५१ सालमा सत्ता पक्षले गरेका सुधारका प्रयासहरुबाट अत्ताल्लिएर प्रतिपक्षले ‘बरु व्यवस्थानै नरहोस्’ भन्ने भित्री आशयले गर्दा एकचरणको भयाभव मुलुक तथा नागरिकले भोग्नु प¥यो ।
मुलुकमा घट्ने घटनाहरुले सत्ता पक्ष रु प्रतिपक्ष दुबैलाई दुखाउँछ तर हाम्रो मुलुकमा खुच्चिङ् भन्ने छुद्र बानीव्यहोरा यथावत् रहेको छ । सत्तामा पुगेपछि जुरो हल्लाउने अनि प्रतिपक्षमा बस्नु पर्दा छट्पटिएर पिडाले रन्थनिएर सत्ता पक्षले गरेका सबै कामहरुमाथि औंला ठडाउँदै आक्रोस, आवेग तथा बहुलठ्ठीपन देखाउने क्रियाकलापले नेपाली प्रजातन्त्रलाई हुर्मत काढ्ने गरेको छ । राजनीतिमा धैर्यता सबैभन्दा महत्वपूर्ण हुन्छ । बहुमतले अल्पमतलाई सम्मान गर्न नजान्ने अनि अल्पमतले आÏनो पोजिसनको अर्थ र अवस्था बु¤न नखोज्ने रोग यत्रो परिवर्तनले निको पा¥यो भन्ने आशा थियो तर दुर्भाग्य रोक निको भएको रहेनछ । कुकुरको पुच्छर जस्ताको तस्तै । सानाले होस वा ठूलाले गर्न खोजेका विकास सम्बन्धी सुधारका कार्यहरु र जनतालाई प्रत्यक्ष देख्ने गरी गर्न खोजेका कल्याणका कार्यहरु समेतलाई समर्थन र सहयोग पु¥याउन नखोज्नु नै हाम्रो देशको राजनीतिको मुख्य समस्या छ ।
अल्प विकसित मुलुकहरुमा लोकतन्त्र स्थापित हुन नदिने प्रवृति झुण्ड राजनीतिले गरेको छ । न्यायपूर्ण समाज स्थापना गर्न जनताले दिएको जनादेशको धज्जी उढाउने प्रवृति लोकतान्त्रिक व्यवस्थाका रथीहरुबाटै हुँदै आएको छ । सत्ता अधैर्यता कारणले विगतमा विनास भयो । वर्तमानमा प्रसव अझै थाकेको छैन । भविष्यका प्रत्येक गोरेटा, गल्छेडा र सम्भावनाहरू अनिश्चित छन् । परिवर्तनको क्रान्तिको अपमान भएको छ । स्वार्थको बन्धक बन्यो क्रान्ति । कुण्ठा, आक्रोस, आवेग र हतासको रनाहाले विगत मधौरो बनेर आयो । त्यो एउटा भ्रान्ति थियो । जसले दुस्साहस गरेर समयको शोषण गर्यो । चेतना, सजगता, संयम, सभ्य, सहिष्णु, प्रतिष्पर्धा, सहनशीलता, प्रतिक्षा र धैर्यताको अस्त्रहरू प्रयोग गरेर अचेतन, अशिक्षित, शोषित–पीडित जनताहरूलाई जगाएर अभाव भगाउने आन्दोलन चाहिँ लोकतान्त्रिक चरित्र थियो तर त्यसो हुन सकेन ।
क्रान्तिले परिवर्तन ल्याउँछ । राजनीतिक, सामाजिक, आर्थिक परिवर्तन । जनता तर्साएर वितण्डता स्थापित गर्ने दुस्साहसले नेपालीहरू सकसमा गुज्रिरहेका छन् । अधिकार मानवीय आवश्यकता हो । कर्तव्यको बुचपचाएर मात्रै अधिकार खोज्ने प्रवृत्ति मानवीयता होइन । जहाँ अधिकार मात्रै खोज्ने प्रवृत्ति हावी हुन्छ त्यहाँ सामाजिक सन्तुलन भताभुङ्ग हुन्छ । समाज विकास अधिकार खोजेर मात्रै हुँदैन । अधिकार र कर्तव्य समाजलाई गतिशील दिशामाा गुडाउने समान पाङ्ग्रा हुन् । आज अधिकार खोज्ने एकलकाँटे दम्भी राजनीतिले आर्थिक अनुशासन धुजा–धुजा बनाएको छ । विकासका लागि राज्यले तर्जुमा गरेको आर्थिक बजेटलाई अनुशासनहीन राजनीतिले भ्रष्ट बनाउनु अर्को सकस हो ।
नेपालीहरूले संसारमा शीर ठाडो पारेर हिँड्ने अवस्था छैन । अनेकौँ रुपमा विकसित भएका विकृतिले नेपालीत्व प्रदुषित भएको छ । कानुन बनाउने, कार्यान्वयन गर्ने, सेवा दिने माथिदेखि तलसम्मका कर्मचारीहरूमा मैमत्ता छाडापन उर्लेको छ । विगतमा मन्त्रीहरूले संसारलाई लज्जित हुने कुकर्म गरे । सभ्य, सौम्य र सुन्दर नेपाल बनाउन जनताले आफ्नो प्रतिनिधि पठाएका अगुवाहरूबाटै जघन्य कुकाम भयो । पदीय दुरुपयोग गर्नु धार्मिक, नैतिक, सामाजिक आदि कुनै कारणले पनि महापाप हो । यस्ता कर्म गर्नेहरुलाई छिःछिः र दुर्दुर गर्नु पर्छ ।
प्रजातन्त्तलाई अनुशासनहीन बनाइयो । प्रजातन्त्र वा लोकतन्त्र भन्नेहरुबाटै नेपाली जनतालाई झुक्याउने खेल भयो । गरीब, सुकुम्बासी, मजदुर, साना किसान, साना व्यापारी तथा उद्योगपतिहरू र मजदुरहरूलाई आफूतर्पm तान्न झुटको प्रजातन्त्र गर्ने शक्ति आज भेष बदलेर पुन झुक्याउने खेलमा लागेका छन् ‘प्रजातन्त्रले परिभाषा गरेको समाजवाद, प्रजातन्त्रले अथ्र्याएको राष्ट्रियता’ यि तीनै तत्वलाई भ्रममा राख्न पुग्नु बिडम्वना बनेको छ यही प्रवृतिले पुँजी पलायन बढायो । भएका उद्योगहरू सुकायो । अशान्ति, असुरक्षा र वेथितिलाई खुला ग¥यो । लोकतन्त्र÷प्रजातन्त्र सत्तामा जान बनाएको भ¥याङले छलछाम, ढाँट र गुमराहले जनतालाई ऐतिहासिक रुपमा सकसमा पा¥यो । अर्कोतर्फ ‘सादा जीवन, त्यागपूर्ण राजनीति, मुलुक तथा नागरिक पहिले त्यसैभित्र आफ्नो पनि हित’ भन्ने सत्ता अघिको प्रतिवद्धता बिर्सेर पहिला आफु बनौं अनि जे जे होला भन्ने स्वाँठ प्रवृति देखिन थाल्नु दुर्भाग्य हो ।
राजनीतिमा दम्भ र दम्भले चलाएको राजनीतिले, राष्ट्रियता र जनताको शासन कल्पना हुँदैन । मात्रै सकसहरूको थुप्रो लगाउँदै जान्छ । हाम्रो मुलुक यिनै सकसहरूको चेपुवामा चेप्टिएको छ । लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था सुन्दर जनप्रिय बनाउन कमसेकम धैर्यता गर्ने क्षमता बढ्नु पर्दछ । एक पक्षले मात्र होइन सहयात्री सबैले एकआपसमा स्वस्थ राजनीतिक मित्रता राख्ने क्षमता सिर्जना गर्न सक्नु पर्यो । समाजमा घट्ने अवाञ्छित मानवता बिरोधी क्रियाकलापको उन्मुलन गर्न सत्ता पक्ष र प्रतिपक्ष संयुक्त भएर लाग्न सक्नु पर्दछ । घटनालाई आधार बनाएर घृणित राजनीति गर्ने प्रवृति सबै पक्षले छोड्नु पर्दछ ।