लेख

कोरोना महामारीमा कालोबजारी

देश सङ्कटग्रस्त अवस्थामा छ । कहीँ कतै सुख र शान्तिका साथ नेपाली जनताहरुले सुख प्राप्त गर्न सकिरहेका छैनन् । दिनभरी दुःख ग¥यो बेलुका मुख जोर्न सकिने अवस्था गरीबलाई छैन । जता हे¥यो, त्यतै विचौलियाको बिगबिगीले गर्दा जनता प्रताडित छन् । कालोबजारी र भ्रष्टाचारले सीमा नाघेको छ । नेता कान्तिपुरी नगरीमा जादु देखाउँदैनन्, सत्ता कसले प्राप्त गर्ने र कसको गठजोडमा सत्ता बन्ने हो यही खेलमा नतमस्तक भए । गरीब जनता भने निषेधाज्ञा र महामारीको कहरमा घरभित्रै बस्न बाध्य छन् । दिनहुँ संक्रमितको संख्या र मृतकको संख्या ह्वात्तै बढिरहेको छ । उता सरकार ढाल्ने र बनाउनेहरुको निकृष्ट खेल कान्तिपुरी नगरीमा जारी केही दिनअघिसम्म जारी रह्यो । जनतालाई परेको कोरोना कहरको असरले भोकभोकै बसिरहेका जनतालाई कसरी राहत दिने र अत्यावश्यकीय सिलिन्डर ग्याँस र महामारीको विकल्प कसरी खोज्ने भन्ने विषयमा कुनै पनि राजनीतिक दलको ध्यानाकर्षण भने छैन । यही बेलैमा मौकामा चौका हान्नेहरुको ठूलो हुल बजारमा कालोबजारीको खेल खेलिरहेका छन् । यो निषेधाज्ञामा व्यापारीहरुले आप्mनो स्वार्थको लागि बजारमा उपचारका लागि अति आवश्यक उपकरण तथा औषधीहरुको कृत्रिम अभाव सिर्जना गरी बढी मूल्यमा पुरानो स्टिकर च्यातेर बढी मूल्यको नयाँ स्टिकर टाँसी औषधी विक्री गरिरहेका छन् । एउटा सानो मास्क जो दुई रुपैयाँ मात्र पर्छ त्यो पनि दश रुपैयाँमा खुलमखुला विक्री गरिरहेका छन् । सेनिटाइजरको मूल्य जति हुनुपर्ने हो त्यसमा पनि नयाँ स्टिकर टाँसेर बढी मूल्यमा औषधी पसलहरुले मौकाको फाइदा उठाइरहे पनि बोल्ने कोही छैनन् । आवाज उठाउनेहरु नै दलको प्रचारक भइरहेको अवस्था छ । यता सहकारी सञ्चालन गर्ने व्यक्तिहरु यही बेलामा चर्काे व्याजदर लिँंदै जनताको ढाड सेक्ने काम गुपचुप गरिरहेका छन् । बजार अनुगमन तथा नियमन, उपभोक्ता संरक्षण मञ्च लगायतका राजनीतिक नामधारी संघ–संस्थाहरुको बजार अनुगमन तथा नियमन सुस्त अवस्थामा छ ।

सामाजिक दूरी कायम गरेरै भए पनि बजार अनुगमन गर्नुपर्ने हो त्यो पनि सम्बन्धित निकायले यो बेला गर्न सकेन । सबैभन्दा डरलाग्दो र अति निन्दनीय कार्य त यो हुँदैछ कि यो बेलामा रात्रीको समयमा या त बिहानीपखको समयमा व्यापारीहरुले अर्काे व्यापारीसँग सम्झौता गरेर विभिन्न खाद्य सामाग्री मिलभगतमा ओसारपसार गरिरहेका छन् । यो बेलामा अनुगमनकारी निकायको भूमिका निर्वाह गर्नेहरुको झुण्ड खोइ कता गयो ? गरीब जनताको नाम्लो, गैती, मार्ताेल, हँसिया र बेल्चाको श्रम लुटिएको छ । उता मालामाल गर्नेहरु नै दलको आसमा दिनदिनै कालोबजारी गरिरहेका छन् । यो कालोबजारीको धन्दा गर्नेहरुमा शहर केन्द्रीतभन्दा नि गाउँ केन्द्रीत छ किनकि गाउँबाट मालसामान ढुवानी गर्दा लगभग २५ प्रतिशतभन्दा बढी मुनाफा बजारी विचौलियाले प्राप्त गर्ने गरेका छन् । राजनीतिक अस्थिरता, भ्रष्टाचारीको बलियो साङ्लो जस्ता कारण मुलुकले आम नागरिकले चाहे अनुसार साधन स्रोत परिचालन गर्न सकेकै छैन । अझ स्वास्थ्य क्षेत्र त सँधै माफियाको पकडमै रह्यो । राजनीतिक आड पाएकाहरुले नै स्वास्थ्य क्षेत्रमा लगानी गरे । करोडौँ÷अरबौँ मूल्य लगानी गरेर कोरिडर, टावर निर्माण गरेर भू–माफियाको चलखेल गर्नेहरुको हुलले यति रकम कुम्ल्याउन पुगे तर पनि उनीहरुका विरुद्ध आवाज उठाउने व्यक्ति न शहरमा छन् त गाउँमा नै छन् । खोजेर कतै पाइन्न, पाइन्छ त डिस्को र तास हाउसमा गोप्य छलफलमा । हाम्रो देश नेपालमा सडक निर्माण त सबैभन्दा बढी भयो तर भ्रष्टाचार अनि कालोबजारी भने नियन्त्रण हुनै सकेन । राजनीतिक संरक्षणले गर्दा यो कहरमा कालोबजारी गर्नेहरुको उपस्थिति बाक्लो छ ।

सरकारी सेवामा प्रवेश गरेका स्वास्थ्यकर्मीहरुलाई सबैभन्दा बढी मालामाल भयो स्वास्थ्य मन्त्रालयबाट कति औषधी सामग्री आए त्यसको लेखाजोखा गर्ने स्टोरकिपरलाई पनि थाहा हुन छोड्या छ । बीच बाटैमा स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सामग्री हेल्थ पोष्टमा नपु¥याई बाँडेको खबर कति स्थानमा सुनिएको खबर पत्रपत्रिका र अनलाइन खबरमा सुनिँदै आइरहेको छ । यति मात्रै होइन, यो कहरकै बेलामा रातारात तरकारी, फलपूmल र खाद्यान्नको मूल्य ह्वात्तै बढिरहेको छ । कतिपय उपभोग्य सामग्री बजारमा जनताले हिजोआज पसलमा खोध्न जाँदा छैन भनेर फर्काइएको अवस्था पनि छ । भएका खाद्यान्न सामग्री लुकाइएको अवस्था छ । यसले पनि के बुभ्mन सकिन्छ भने कृत्रिम अभाव सृजना गरेर मुनाफा कमाउन यसो गरिरहेको हुन सक्छ । यस्ता समस्या निराकरणका लागि सरकारले यो महामारी अगावै अनुगमन तथा नियमन टोली बनाउनुपर्ने त्यो पनि गर्न सकेन । अनुगमन टोली भएका ठाउँमा पनि प्रभावकारी अनुगमन हुन सकेको छैन । कोरोनाको दोश्रो लहरसँगै कोभिड संक्रमितको संख्या दिनदिनै दोब्बर–तेब्बर बढ्दो छ । संक्रमण नियन्त्रण गर्न सरकारले उपत्यका लगायत विभिन्न ठुल–ठूला औधोगिक शहरहरुमा निषेधाज्ञा जारी गरेपछि अत्याश्यक वस्तुको भाउ उकालो लागेको हो निषेधाज्ञा कहिलेसम्म लम्बिने हो यही बेला उपत्यका थप पन्ध्र दिनको निषेधाज्ञा जारी छ तर अन्यत्र थपघट हुन सक्ने जानकारी आइरहेकै छ ।

संकटकै बेलामा मूल्य वृद्धि गरिरहेका छन् व्यवसायीहरु । यता दुई–तीन दिनयता खाद्यान्नको मागसँगै मूल्य पनि बढिरहेको खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताएका छन् । सर्वसाधारणले मौज्दात राख्ने गरी किनिरहेका छने भने ठूला व्यवसायी होलसेल र उत्पादकले चलखेल भने गरिरहेकै पाइयो । यी सब कुरा खाद्यान्न पसल खोलेर बस्ने व्यापारीले माथिबाटै बढेर आएको हो चिनी तथा खाद्य पदार्थका सामाग्रीहरु भनेर भनिरहेका छन् । यो बेलामा यस्तो पनि देखिएको छ – मुख्यतः होलसेलले बिलबीजक नै जारी गरेको देखिएन । सानो टुक्रा कागजमा बिल दिने गरेको भेट्टाइयो । सरकारी निकायले अनुगमन गर्दा यसबाट साना व्यवसायी नै फस्ने स्पष्ट देख्न सकिन्छ । यी कुरा खुद्रा व्यापार संघका अध्यक्ष श्रेष्ठ बताइरहेका छन् । जब–जब देशमा संकट आउँछ तब–तब व्यवसायीले सबैभन्दा पहिले मनोमानी ढंगले मूल्य वृद्धि गर्न थालेका छन् । केही यता मत्र प्रति लिटर सनप्mलावर तेलको एमआरपी रु २६० रुपैँया पुगेको छ । सनप्mलावर प्रतिलिटर २४०÷४५ रुपैयाँ खरिद गरेर अहिले १५ रुपैयाँभन्दा बढी मूल्य वृद्धि गरेर व्यापारीहरुले एउटा सर्वसाधारण किसानलाई विक्री गरेर लुट मच्चाइरहँदा पनि सम्बन्धित निकाय यो बेला ‘चूँ’ सम्म नबोल्नु भनेको के देशमा यस्तै कालोबजारी गर्नेहरुको बोलावाला भएकै हो, त ? भन्नेकुराको भान नेपाली जनजनले बुझेका छन् कि सरकारलाई यस्ता कुरामा कुनै परवाह नै छैन र अब बन्ने सरकारले आगामी दिनमा कालोबजारी गर्नेहरुलाई दण्डसजाय गर्ने हो कि नियन्त्रण गर्ने हो त्यो भने अब जनताले कुर्नु सिवाय अरु केही रहन्न । यतिबेला अन्य खाद्यान्न सामग्रीहरुमा चिनीको मूल्य हिजो प्रतिकिलो ८३ रुपैयाँ थियो भने आज बढेर प्रतिकिलो ८६ भन्दा अझै बढीमा विक्री भइरहेको छ । खुद्रा मूल्य प्रतिकिलो ९० रुपैयाँभन्दा बढीमा विक्री भइरहेको छ । चनाको होलसेल मूल्य ९० रुपैयाँबाट बढेर प्रतिकिलो १०३ र खुद्रा बजारमा ११० रुपैयाँसम्म पुग्यो । मुसुरो दाल १०७ बाट बढेर १२२ रुपैयाँ, मासको दाल १५५ बाछ १६० रुपैयाँ र रहरको दाल १५० बाट १६० रुपैयाँ पुगेको अवस्था छ । चामलको मूल्य प्रति बोरा एकसय बढेको छ । एकबोरा चामल १५ सय पर्नेमा यो बेला १६० देखि १६५ रुपैयाँसम्म किन्न बाध्य छन्, उपभोक्ताहरु ।

अतः हामी सोझै अनुमान गर्न सक्छौँ कि यो बेलामा यी कालोबजारी गर्नेहरुलाई कारवाही र दण्डित गर्न नसक्ने हो भने धनी अनि विचौलिया भएर काम गर्नेहरुको जीवनस्तर उक्सेला तर जो गरीब छ, मजदूरी गर्छ उसको रोजगारी त गुम्यो–गुम्यो साथै भोकै बस्न पनि बाध्य भयो । यी सबैको चिन्तासँगै महामारीमा ‘न घरको न घाटको’ स्थिति आउन सक्दैन भन्न सकिन्न त्यसैले चाँडोभन्दा चाँडो सम्बन्धित निकायको कर्णकान्तको चेत खुलोस् ।

Author

You may also like