स्वास्थ्य

हनुमन्ते अभियान्ताले नागरिक अस्पताल बाट २० प्रतिशत छुट पाउने

भक्तपुर, नबराज काफ्ले,०७६/०६/०३: हनुमन्ते नदि सफाई अभियान र नागरिक सामुदायिक अस्पताल विच प्रीभिलेज स्वरुप हनुमन्ते अभियान्ताहरु लाई अस्पताल बाट उपलब्ध गराउने सम्पुर्ण सुबिधाहरुमा अभियानको सिफारिसको आधारमा २० प्रतिशत छुट दिने सहमति कायम भएको छ ।

अस्पताल बाट निर्देशक भुवन चक्र जोशी,भाईस चेयरम्यान शुरेस श्रेष्ठ,डा मनिषा कार्की,अस्पताल म्याट्र्न सुन्दरी जोशि एवम हनुमन्ते अभियान बाट उत्प्रेरक रुद्र पौडेल,अगुवा अभियान्ता नरेश रन्जित,मोहन पौडेल,मदन घिमिरे,नबराज काफ्ले(स्वयं) विचको छ्लफल बाट सहमति कायम गरिएको हो । सहमति पत्रतयार पारी भोलि नै सम्झौता गर्न अस्पताल बाट डा मनिषा कार्कीलाई जिम्मेवारी तोकिएको छ ।

Author

You may also like