एसईई पुरकको नतिजा सार्वजनिक

भक्तपुर, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) तर्फ पूरकको नतिजा आज सार्वजनिक गरेको छ । पनिकाले गत भदौ १ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा आज दिउँसो सार्वजनिक गरेको हो ।

परीक्षा नियन्त्रक रामराज खकुरेलले परीक्षामा एक लाख ६५ हजार ६ सय ९४ जना सहभागी भएको जानकारी दिनुभयो । नतिजा अनुसार १ लाख ११ हजार ६ सय ७८ जनाको ग्रेडवृद्धि भएको छ । परीक्षामा १ लाख ६५ हजार ९ सय ९४ परीक्षार्थी सहभागी भएका थिए ।

परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय लगायतका संस्थाको वेभसाइट तथा नेपाल टेलिकमको १६०० मा डायल गरेर थाहा पाउन सकिने नियन्त्रक खकुरेलले बताउनुभयो । नियन्त्रक खकुरेलका अनुसार परीक्षामा १२ जनाको परीक्षा रद्ध गरिएको छ ।

 

 

Leave a Reply

Your email address will not be published.