काठमाडौँ, बलिउडका सुपरस्टार अमिताभ बच्चनले भिडियो सन्देश पठाउँदै एसिड आक्रमणबाट घाइते भएकी मुस्कान खातुनलाई स्वास्थ्य लाभको कामना गरेका छन् । भिडियोमा अमिताभले मुस्कानलाई सम्बोधन गर्दै उनीमाथि भएको घटना थाहा पाएपछि दुःख लागेको बताएका छन् ।
अमिताभले मुस्कानलाई हिम्मतवाली बालिकाको रुपमा बुझेको उल्लेख गर्दै स्वास्थ्य लाभको कामना गरेका छन् । ‘तपाईलाई छिटै निको होस,’ उनले भनेका छन्, ‘तपाईलाई मेरो शुभ कामना छ ।’ खातुनलाई गत भदौ २० गते दुई जना युवाले एसिड छ्यापेर भागेका थिए ।
अमिताभ बच्चनले पठाए एसिड आक्रमणमा परेकी मुस्कानलाई भिडियो सन्देश
Posted by Naya Patrika on Wednesday, 2 October 2019
प्रतिकृया