
दमक । दमक १ मा सञ्चालित चुलाचुली अंग्रेजी बोर्डिङ स्कूलले शुक्रवार अभिभावक– विद्यार्थी उत्सवसहित विज्ञान तथा खाद्य प्रर्दशनी सञ्चालन गरेको छ । स्कूलले विशेष कार्यक्रम गरि अभिभावक तथा विद्यार्थीहरुवीचको मैत्रीपूर्ण उत्सवसहित विद्यार्थीहरुले तयार गरेका खाद्य परिकार तथा विज्ञान सम्बन्धी प्रर्दशनी गरिएको प्रिन्सीपल चन्द्रप्रकाश राईले बताए ।

प्रमुख अतिथि दमक नगरपालिका शिक्षा अधिकृत सोमनाथ गुरागाईको प्रमुख आतिथ्यता तथा स्कूलका संस्थापक निर्देशक मनोज साम्पाङ राई, अभिभावक संघका अध्यक्ष घनेन्द्र राज योङयालगायतको विशिष्ट आतिथ्यता तथा आतिथ्यतामा भएको सो कार्यक्रममा अभिभावकहरुको उल्लेखीय सहभागिता रहेको थियो । कार्यक्रममा दमक १ का पूर्व वडाध्यक्ष ताराप्रसाद अधिकारी, स्थानीय टोल विकास संस्थाका पदाधिकारी, सदस्यहरु, अभिभावक,शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । स्कूलले वर्षेनी यस किसिमको कार्यक्रम गरि आएको र यसलाई निरन्तरता दिईने प्रिन्सीपल राईले बताए ।

सो अवसरमा विद्यार्थीहरुले तयार रैथाने र स्थानीय खाद्य परिकारहरु, फूलका सामाग्रीहरु प्रर्दशनी गर्नुका साथैं विक्री समेत गरेका थिए । त्यस्तै, विद्यार्थीहरुले विज्ञान सम्बन्धी विभिन्न शैक्षिक सामाग्रीहरुको प्रर्दशनी गरेका प्रिन्सीपल राईले बताए । प्रर्दशनीमा अभिभावकहरुको आर्कषण रहेको थियो ।

स्कूलले वर्षेनी यस किसिमको कार्यक्रम गरि आएको र यसलाई निरन्तरता दिईने प्रिन्सीपल राईले बताए । कार्यक्रममा दमक १ का पूर्व वडाध्यक्ष ताराप्रसाद अधिकारी, स्थानीय टोल विकास संस्थाका पदाधिकारी, सदस्यहरु, अभिभावक,शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।