दमक/दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्था लि.को एकिकृत माइन्युट प्रमाणिकरण तथा साधरणसभा सम्पन्न भएको छ । शुक्रवार उर्लावारीमा सम्पन्न साधारण सभाको उद्घाटन राष्ट्रिय सहकारी महासंघका कार्यवाहक अध्यक्ष रमेशप्रसाद पोखरेलले गरेका थिए । साधारण सभाको अवसरमा संस्थालाई विभिन्न माध्यमबाट योगदान पु¥याउने ब्याक्तित्व र विभिन्न विधाका उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । सम्मानित हुने कर्मचारीहरुमा विक्रम धिमाल, तुलसा पोखरेल, आशिका मैनाली, ओमप्रकाश मिश्र, टिकाकुमारी भट्टराई, टिकाराम विश्वकर्मा रहेका छन् ।
यसैगरी समिति÷उपसमिति उत्कृष्ट कारोवार पुरस्कारबाट उत्तम खनाल, बलराम दाहाल, लुमा भट्टराई, बोधराज न्यौपाने र डिल्लीराम बाह्रकोटी रहेका छन् । कार्यक्रममा संस्थाले गत फागुन ३ गते भएको अन्तरसेवा कार्यालय स्तरीय फुटसल प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, प्रथम र दोस्रो हुने शाखा कार्यालयलाई पुरस्कार समेत वितरण गरेको थियो । जसमा प्रथम हुने दमक सेवा कार्यालय, दोस्रो हुने शिवसताक्षी सेवा कार्यालय र उत्कृष्ट गोलरक्षक शिवसताक्षी सेवा कार्यालयका क्षितिज प्रशाईं पुरस्कृत भएका छन् । संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य वरिष्ठ उपाध्यक्ष पदम थापाले गरेका थिए । संस्थाका सचिव राजेन्द्र प्रसाद दाहालले सञ्चालन गरेको सभामा विभिन्न शाखाहरुको गतिविधि र संस्थाको वार्षिक कार्ययोजनाबारे जानकारी गराइएको थियो ।
पूर्वसन्देशका सम्पादक दाहालसहित सम्मानित
दमक÷ दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाले साधारण सभाको अवसर पारेर झापाका दुई ब्याक्तित्वलाई स्व. गणेशप्रसाद बस्नेत सहकारी अभियन्ता तथा पत्रकारिता पुरस्कारले सम्मान गरेको छ । जसमा पूर्वसन्देश दैनिक तथा जनज्योति साप्ताहिकका प्रकाशक÷सम्पादक गञ्जबहादुर दाहाल र सहकारी अभियन्ता तथा जिल्ला सहकारी संघका पूर्व अध्यक्ष हरिचरण बानियालाई सम्मान
गरेको हो । कार्यक्रमका प्रमुख अतिथि तथा संस्थाका अध्यक्षले सम्मानित दुवैजनालाई दोसल्ला आढाई, सम्मान पत्र तथा नगदसहित सम्मान गरिएको संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराईले जानकारी दिए ।