उत्तमप्रसाद भट्टराई
“यो फुटबल खेल हो । धेरै वर्ष अघि भएको घटनाको सम्मानका लागि पनि म फुटबल र राजनीतिलाई मिसाउन चाहन्नँ । त्यो हाम्रो इतिहासको निकै दुःखद् अध्याय थियो । संसारका अन्य ठाँउमा पनि युद्ध भइरहेका छन् । हामी युद्धको आलोचना गछौं । ती घटनामा ज्यान गुमाउनेलाई हामी सम्मान गछौं । तर यो फुटबल खेल हो, यसलाई राजनीतिसँग जोड्न हुँदैन ।”
इङल्याण्ड र अर्जेन्टिना बिच हुने फिफा विश्व कप २०२६ अन्तर्गत १६ जुलाईमा हुने दोस्रो सेमी(फाइनलको पूर्व सन्ध्यामा अर्जेन्टिनी फुटबलका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीबाट उक्त भनाई आएको र प्रशिद्ध संचार गृह ‘सुदर्शन खबर’ले प्रकाशित गरेको हो ।
स्कालोनीको भनाईले इङल्याण्ड र अर्जेन्टिना विच सन् १९८२ अप्रिलमा चलेको युद्धको घटनालाई सम्झाउँछ । फकल्याण्ड टापुको स्वामित्वलाई लिएर दुई देश बिच युद्ध भएको थियो । तर अहिले टाटो बसिसकेको घाउ अमेरिकामा कोट्याइयो । एउटा रगंशालामा हुने खेल अगाडी टाटो कोट्याउनु जरुरी थियो कि थिएन ? पत्रकार मित्रहरुले पनि खेलको मनोरञ्जनात्मक प्रतिष्पर्धामा त्यो युद्धको धङ्धङी नकोट्याईदिएको स्कालोनीको उक्त भनाई आँउदैनथ्यो थियो होला ? राजनीति एउटा खेल हो । यो खेल खेल्नु पर्ने बाध्यता छ । यो खेल खेल्नै पर्छ । त्यहाँ तिता कुरा ओगल्नु पर्छ र प्रतिद्वन्द्वीलाई शब्द प्रहार गर्नुपर्छ । उसलाई निन्दा गर्नुपर्छ, यो राजनीतिक धर्म हो । राजनीतिक खेलमा नैतिकता हुँदैन । यो कस्तो विडम्बना !
अर्कोतर्फ खेलमा घिनौला चाल हुँदैनन् । त्यहाँ स्वास्थ प्रतिष्पर्धा हुन्छ । खेल मैदानका नियम र प्रतिष्पर्धा रमाइला छन् । त्यहाँ भुगोल, जनसंख्या, विकास सुचकाङ्कका आधारमा साना, ठूला खेल टोली हुँदैनन् । सम्पन्नताका आधारमा खेल टोली निर्धारण हुँदैनन् । दुई टोली बिच हात मिलाएर खेल प्रारम्भ हुन्छ । समापन पश्चात् पराजीत र विजयी टोली हात थपथपाउदै बिदा हुन्छन, यद्यपी पराजित टोली निराश देखिन्छ, कँही रुवाबासी पनि हुन्छ तर पनि हार्दीकता साथ दुई टोली पुनः भेट्ने वाचाका साथ छुट्टिन्छन् । कुनै पनि खेलमा झेल हुँदैन । त्यहाँ क्षमता र सिपको प्रयोग हुन्छ । त्यहाँ सुकनीका पासाले काम गर्दैन, खेल मैदानका आणविक बम र शैन्य शक्तिले संगठित देशले आफ्नो दबदबा कायम गर्न सकेको पाइँदैन । खेलाडीको तयारी, प्रशिक्षकका प्रशिक्षण, सम्बन्धित पक्षका चलाखीपनाले ठूलो महत्व राख्छ, खेलमा । संसारका ओझेल परेका देश, पिछडीएका समुह, दबेका स्वर आदीका मेहनतले खेल मैदान सिंगारिएका छन् । खेललाई वढी प्रतिष्पर्धात्मक बनाउन सम्बन्धित अधिकारवाला निकाय लागि परेको छ । त्यसकारण क्रिकेटमा तेस्रो अम्पाएर र फुटवलमा भिएआरको प्रयोग गरिदैछ । डिजिटलका प्रयोगले अम्पाएरलाई सहयोग हुनका साथ खेललाई पनि दोष रहित् बनाउन मद्दत भईराखेको छ । अब फुटवलमा पनि सम्बन्धित टोलीका खेलाडीले रिभ्यु लिन पाउने चलन चलाउनु पर्ने अवस्था आँउदैछ ।
जुलाई १६, विहिवारका दिन मध्य रात १२ः४५ बजे अर्जेन्टीना र बेलायत विच दोस्रो सेमीफाइनल प्रारम्भ भयो । दुवै टोली फुटवलका माहारथी हुन् । डिफेन्डिङ च्याम्पीयन भएका कारण अर्जेन्टिनाको मनोविज्ञान दह्रो थियो, उसको तयारी सुदृढ थियो । खेल क्षमता सुन्दर थियो । अर्कोतर्फ एकपटक विश्वकप उचालेको बेलायत पनि यस पटक विजयी श्री पाउने दावाका साथ अमेरिका उत्रियो । ठूलाठूला अवरोधलाई किनारा लगाउँदै दुवै टोली आमनेसामने हुने भए । त्यसपछि रोमाञ्चक खेलमा राजनीतिको प्रवेश भयो । खाटो बसेको, पुरिएको डोव कोट्याइयो । अर्जेन्टीनी उपराष्ट्रपतिको बेलायत विरुद्धको एउटा वक्तव्यले खेलमा युध्दको नोस्टाल्जीया प्रवेश भयो । प्रशिक्षकले व्यवसायिक भनाई राखे । तथापी खेल प्रारम्भ भयो । अत्यन्त सहजताका साथ खेल खेले दुवै टोलीले । दुवै क्याप्टन पूर्ण व्यावसायिक हुँदा खेल अवधिमा स्वस्थ्य प्रतिष्पर्धात्मक रहिरह्यो । विजयी श्री हात पारेपछि अर्जेन्टीनी टोलीका गोलकर्ता दुवै खेलाडीका हातमा परेका व्यानर र अर्जेन्टीनी दर्शकले उचालेका व्यानरले ठूलो चर्चा बटुल्न सफल भए । सन १९८२ अप्रिल, मे, जुन महिनाका ७४ दिन चलेको फकल्याण्ड टापुका स्वामित्वको विषयमा भएको युद्ध राजनीति, सैन्य नीति, रणनीति सबैले खेलमा प्रवेश पाए ।
निर्जन टापु, अविकसित आदीवासीका संरक्षीत टापु ÷ क्षेत्र माथी अधिपत्य कायम गर्न पुरोपियनहरू सिपालु थिए । त्यस्तै सिलसीलामा फकल्याण्ड टापु पहिले फ्रेन्चले लिए । पछि स्पेनको शासन हुँदै सन् १८३३ देखी बेलायतको अधिपत्य रहन गयो । थोरै जनसंख्या भएको र बेलायतको हुकुमत चलेको फकल्याण्डमा अर्जेन्टीनाले २ अप्रिल, १९८२ मा आक्रमण गरी कब्जा गरेको पाइन्छ । तत्काल बेलापती सरकारले ठूलो संख्यामा नेभी सैनिक तथा युद्धपोत पठाएर प्रत्याक्रमण गरेको थियो ।
ठुलो संख्यामा गोर्खा सैनिकले समेत त्यहाँ युद्ध गरेका थिए । गोर्खा सैनिकका बहादुर स्वभाव र लडाकु क्षमताले परिपुर्ण भएको पहिले नै जानकारी पाएको अर्जेन्टीनी सेना र सरकार लामो समयसम्म टिक्न सकेन । गोरखा सैनिकका युद्ध कौशल बारे उनीहरुले पहिले नै धेरै किंवदन्ती सुनेका रहेछन् । गोर्खा सैनिक मैदान उत्रनासाथ उनिहहरुले आत्मसमर्पण गरेका कारण फकल्याण्ड टापुमा बेलायतले पकड मजबुद गर्दै आएको छ । अर्जेन्टीनाले बेलायत विरुद्ध मुद्दा अन्तराष्ट्रियकरण गरे पनि उसले प्रकल्याण्ड फिर्ता पाउन सकेको छैन ।
उ बेलाबखत टाटा बसिसकेको घाउ चलाउँछ । सत्तापक्ष त्यस्ता टाटा कोट्याएर जनताको मन जित्ने प्रयत्न गर्छ । अर्जेन्टीनी फकल्याण्ड टापुलाई “इस्लास माल्भिनास” भन्छन, र १६ जुलाई २०२६ का दिन पुनः “स्लास माल्भिनास” लेखेको ब्यानर उचालेर विश्व समक्ष आफ्नो विरोध जनाए । अमेरिकी भूमिमा आफनो राष्ट्रवाद देखाउने उपयुक्त अवसर भएको महशुस गरे । दर्शक र केही खेलाडीले अवसरको सदुपयोग गरे । फुटवल खेललाई आफनै इतिहास, परम्परा, वर्तमान स्वरुपका रहन दिएर यस खेलको अझ गति र व्यवसायिकता बढाउनु उचित हुन्छ । यहाँ स्मरणरहोस् खेल र राजनीति फरक धार हुन्, त्यस्तै रहन दिनुपर्दछ । अस्तु ।