यो २०८२ सालको चुनावी परिणाम आइसकेको छ र रास्वपाले करीव दुइतिहाइ जीतको यात्रा तय गरेको छ । यो नेपालको इतिहासमा दोस्रो घटना हो । २०१५ सालमा बीपी कोइरालाको कांग्रेसले ल्याएको दुईतिहाइ पछि यसपाली रास्वपाले ल्याएको हो । बीचमा केही दलहरूले सामान्य बहुमत ल्याएका थिए । तर यो निर्वाचन निकै अचम्मका आयामहरू बोकेर आयो ।
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री
यो चुनावमा संविधानमै व्यावस्था नभएको अभ्यास भयो । आम नेपालीहरूको त्यो शुष्क चेतनाले सिर्जाएको यो अदभूत आयाा थियो । यो चुनाव संसदीय थियो । त्यो भनेको संसदले मात्रै प्रधानमन्त्री चुन्न पाउँछ । अनि संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्ति गरिन्छ हाम्रो सवैधानिक व्यावस्थाहरूमा । तर ग्राउण्ड जिरो मै बालेन शाह प्रधानमन्त्री भए । यस्तो देखियो मतदातालाई के मात्रै थाहा भयो भने घण्टीमा भोट हालेपछि बालेन प्रधानमन्त्री हुन्छ । देशैभरका मतदाताहरूमा यो मनोविज्ञानले घर ग¥यो । यतिसंम कि धेरै मतदाताहरूले आप्mनो क्षेत्रको उम्मेद्वार को हो भन्ने जान्न पनि चाहेनन् । न त मतदाताले ती अम्मेद्वारलाई चिनेका थिए, न त तिनले मतदातालाई । तर तिनले पनि जीत हातमा पारे । यो संसदीय चुनाव नभएर ‘प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री’ को चुनाव थियो ।
मास—बेस चुनावी आयामहरू
यो चुनावको अर्को अचम्म के थियो भने कांग्रेस कम्युनिष्टहरूले करीव आठ दशकदेखि अभ्यास गरेको लेनिवादी संगठनात्मक ढाँचा ‘क्याडर बेस’ (कार्यकर्तामूखी) दलीय संगठनात्मक ढाँचा पनि यो चुनावले ध्वस्त पारिदियो । ती दलहरूले कार्यकर्तालाई गलत कुरा सिकाएर (जस्तै पहिले सिंहदलवार जल्यो अनि गोली चल्यो, लोकतन्त्र र गणतन्त्र एउटै कुरा हो, संविधान साध्य हो, पहिलेका राजाहरू सबै नजबिरोधि थिए आदि) कार्यकताहरूको उत्पादन विद्यालयतहदेखिनै गर्थे । सबै संघसंस्थाहरूमा आप्mना कार्यकर्ता छिराएर त्यहाँ आप्mनो बर्चश्व राख्थे । राज्य संयन्त्रहरूमा ‘आप्mना मान्छेहरू’ छिराएर ‘राज्य कब्जा’ गर्थे । त्यसले ती दल र तीनका नेताहरूलाई ‘आजीवन सुरक्षित’ आख्थ्यो, कार्यकर्ताले आजीवन भोट दिन्थे, र नेताले दलले आजीवन चुनाव जित्थे । दल र तिनका नेताले जे बोले पनि, जे गरे पनि तिनका ‘भोटबैंङ्क’ सुरक्षित हुन्थे । ताली पडकाउने र ‘लभ यू’ भन्ने भीडहरूको कहिल्यै कमी हुँदैनथ्यो । तर यो निर्वाचनले यी सबै मानकहरूलाई भत्काइदियो । दलको ‘ठूलो लगानीमा’ उतपादन गरिएका कार्यकर्ता यसपटक ‘ती दलका’ भएनन् । ती स्वतन्त्र भए । ती मूक्त भए आप्mनो दलको जञ्जीरबाट । पहिलो पटक नागरिक भए ।
मासबेस चुनावी बाटोबाट नै पश्चिमाहरूले बिकास गरेका हुन् । किनभने त्यस्ता दलहरूका भातृसंगठन पनि हुँदैनन्, क्याडर पनि हुँदैनन् । तिनले ५ बर्ष राम्रो काम गरेनन् भने जनताले अर्को दललाई भोट हाल्नछन् र अर्को दल बहुमतमा आउँछ । यसले गर्दा चुनाव जितेर जाने दल देश र जनताप्रति इमान्दार, सजग, पारदर्शी र बिकासप्रेमी बन्न बाध्य हुन्छ । अनि देशको पनि विकास हुन्छ, लोकतन्त्र पनि बलियो हुन्छ । जनता स्वतन्त्र हुने हुनाले मात्रै यो सम्भव हुन्छ, जुन हिजोसम्म थिएन ।
इतिहास निफनेको
यो निर्वाचनले इतिहासलाई निफनेको छ । इतिहासमा भएका सबैखाले बिकृति, विसङ्गती, अराजकता र दम्भको पर्याय बनेर राज गरेका शक्तिहरू समूल पराजित भए । बिगतमा नेपाली जनताले दलहरूलाई बहुमत पनि दिए पटक पटक । अल्पमत पनि दिए पटक पटक । जोडजाड गरेका दलहरूको ‘दुइतिहाइको’ सरकार पनि बने । अनि ३५ बर्षमा ३२ वटा सरकार बनाएर नेपाली जनतालाई शोषण मात्रै गरेनन्, ‘वेवकुफ’ पनि बनाए । ती सबै अध्यायहरूलाई हिर्काएर आयो यो चुनावी परिणाम ।
व्यवाहारवादको उदय
‘राजनीति भनेको सिद्धान्त मात्रै हो’ भनेर ७ दशकदेखि नेपाली जनताका दिमाग भुटे ‘पुराना भनिएका’ दलहरूले । तिनले माक्र्स पढाए । लेनिन पढाए । माओ पढाए । रूशो पढाए । मण्डेला पढाए । मन्टेस्क्यू पढाए । र जनतालाई बाध्य भएर ‘कि कम्युनिस्ट कि कांग्रेस हुन’ बाध्य पारे । जनताका दिमागलाई ‘नियन्त्रणमा लिएर’ शासन गर्न सफल पनि भए हिलोसम्म । तर तिनले कहिल्यै पनि आप्mा देशलाई संसारसामू ‘सबैभन्दा धनी देश’ बनाउने मान्छेहरूको त नामै दिएनन् । नामै सुनाएनन् । तिनले सिंगापुरलाई बनाउने लि क्वन किहल्यै पढाएनन् । तिनले मलेशिया बनाउने महाथिर मोहम्मद कहिल्यै पढाएनन् । तिनले दुवइ बनाउने मोहम्मद विन रसिद कहिल्यै पढाएनन् । बरू ढाँटे दिनदहाडै ‘नेपाललाई स्वीटजरल्याण्ड बनाउँछौं’ भनेर । पररर ताली पडकाउने मान्छे देशैभरी उत्पादन गरेकै थिए, के को टण्टा बोलिदिनलाई ? तर यो चुनावले देश बनाउन कांग्रेस एमालेको ‘गरूढपूराण’ संविधनाको ‘समाजवाद उन्मूख’ युटोपियावादलाई नष्ट गरिदियो । देश बनाउन कुनै ‘घोकन्ते वाद’ होइन माटो चिन्नुपर्छ भन्ने सन्देश दिएको छ ।
दुकानहरू बन्द
यो चुनावले ‘गरिवीलाई पालिराखेर त्यसलाई भोटब्याङ्क’ बनाउने पुराना दलहरूको सुकुम्वासी, दलित, आदिवासी, मधेसी, मजदुर, बिपन्न र पछाडिएको वर्ग, सर्वहारा, कम्युनिष्ट, प्रजातन्त्रवादी, क्षेत्रियता जस्ता नाम भजाएर संधै चुनाव जित्ने र जितिन्छ भन्ने मान्यतालाई ध्वस्त पारिदियो । यो चुनावले ‘सबै मानिस कानूनका अगाडि समान हुन्’ भन्ने रूशोको सर्वव्यापी लोकतान्त्रिक मान्यतालाई पनि स्थापित गरिदियो । यी भोट बटुल्ने पुराना दलहरूका ‘दुकान’ हरू बन्द गरिदिएको छ । अब ‘सबै नेपाली’ भन्ने आदर्श स्थापित भएको छ । दलहरूका कतिपय एजेण्डाहरूले ‘म नेपाली हुँ’ भन्न हिच्किचाएर ‘म मधेसी, म थारू, म आदिवासी, म फलानो’ भन्ने बनाइसकेको थियो । यो घातक बीषले शरीर ढाक्नुभन्दा पहिला रास्वपाले यो परिणाम ल्याएर त्यो बीषलाई शरीरमा पैmलिनबाट रोक्न सफल भएको छ । त्यतिमात्र्रै होइन, ‘उपल्लो जातका मानिसले हामीमाथि शासन गरेर हाम्रो पहिचान मेटाए, हामीलाई दोस्रो दर्जाको नागरिक बनाए, हामीमाथि शोषण गरे’ भनेर समाजमा जातीय बिभाजन कोरेर ‘चुनाव जित्न सफल’ धन्धुकारीहरूलाई एउटा मधेसी केटालाई प्रधानमन्त्रीको प्रस्ताव गरेर रवि लामिछानेले ती दलहरूको ‘धन्दुकारी दुकान’ लाई ध्वस्त पारिदए ।
रास्वपाले दुइतिहाइ मतको यात्रा तय गर्दै गर्दा मानिसहरू किन पहिलो दुइतिहाइलाई सम्झन चाहँदैनन् भन्ने पनि सुनिन्छ कताकता । अनि त्योसंग किन तुलना गर्न चाहँदैनन् ? किनभने त्यो सरकारको ‘ओपनिङ्ग’ मै प्रश्नहरू उठे । खासगरी दलीय स्वार्थ । आम मानिसको पहुँभन्दा जमिन्दारहरूको कब्जामा गएको थियो २०१५ सालको चुनावपछिको राज्यसंयन्त्र । बीपीले रोक्न सकेनन् । प्लस भारतको इच्छा पनि मिसियो । त्यो सरकार हट्यो । र अहिले त्यसैको पुनराबृत्ति हुन्छ कि भन्ने संशय यत्रतत्र गरिएको छ । किनभने रास्वपामा आएका धेरै मानिसहरू हिजो तिनै दलहरूबाट प्रशिक्षित पनि छन् । यो चुनौति हुन सक्छ । अनि विश्व तरलताको अवस्थामा छ अहिले । यसबाट बच्नु पनि छ । जनताका आकांक्षा धेरै छन्, त्यसबाट पनि बच्नु छ । रवि र बालेनलाई ‘म्याकियाभेलियन हिरो’ (जनताको दिमाग भुट्न सक्ने नायक) हुने छुट छैन, जुन छुट हिजो पुराना दलहरूमा थियो ।