दमक/ झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले आफ्नो चुनावी बाचापत्र सार्वजनिक गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका दाबेदार शाहले अघि सारेको बाचा पत्रमा मुख्य गरी सङ्घीय संसद्मा कानुन निर्माणदेखि स्थानीय स्तरमा शिक्षा र स्वास्थ्यको आमूल परिवर्तनसम्मका एजेन्डाहरू समेटिएका छन् ।
बाचापत्रमा नेपालको संविधान २०७२ ले निर्दिष्ट गरेका मौलिक हकहरूको व्यावहारिक कार्यान्वयन गर्ने भनिएको छ । संविधानले ग्यारेन्टी गरेका गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता आधारभूत आवश्यकतालाई नागरिकको घरदैलोसम्म पुरÞ्याउन आवश्यक कानुन निर्माण र बजेट व्यवस्थापनलाई यसमा उच्च प्राथमिकता दिइएको छ । भ्रष्टाचार र बेथिति विरुद्ध संसद्को अग्रपङ्क्तिमा उभिएर खबरदारी गर्ने अठोट व्यक्त गरिएको छ ।
‘नेपालको संविधान–२०७२ को परिपालना गर्दै संविधानले निर्दिष्ट गरेका दायित्वहरू निष्ठापूर्वक सम्पन्न गर्न तथा हाल कार्यान्वयनमा रहेका कार्यहरुलाई कानुनी रुपमा सहज, स्पष्ट साथै नागरिक मैत्री बनाउन आवश्यक कानुन निर्माण, संशोधन तथा परिमार्जनका लागि संघीय संसदमा सक्रिय तथा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछु,’ यसै सन्दर्भमा बाचापत्रमा आफ्नो निर्वाचन क्षेत्र झापा–५ का लागि भनिएको छ ः –
¨ झापा ५ मा व्यवस्थित संसद सचिवालय स्थापना गरी स्थानीयका समस्या प्रत्यक्ष सम्बोधन गर्ने ।
¨गौरीगञ्जको ऐतिहासिक त्रिभुवन पुस्तकालयलाई डिजिटल अध्ययन केन्द्र बनाउने ।
¨ दमक बहुप्राविधिक शिक्षालयको भवन सम्पन्न गर्ने र सामुदायिक विद्यालयमा ‘स्मार्ट क्लास’ सञ्चालन गर्ने ।
¨ दमक–रवि–चिसापानी सडक यथाशीघ्र सम्पन्न गर्ने र ग्रामीण कनेक्टिभिटी सुदृढ गर्ने ।
¨ रतुवा र मावा खोलाको कटान रोक्न प्रभावकारी तटबन्ध बनाउने ।
¨ रतुवा खोला, मावा खोला तथा सहायक खोला, खहरेको तटबन्धन निर्माण गर्ने ।
¨ दमकलाई पूर्वी नेपालको आइटी हबको रूपमा विकास गर्न पूर्वाधार बनाउने ।
¨ कन्काई–रतुवा सिँचाई र लिफ्ट प्रविधिको विस्तार गर्ने ।
¨ गौरादहमा कोल्ड स्टोर र ड्रायर सहितको कृषि भण्डारण केन्द्र स्थापना गर्ने ।
¨ दमक अस्पताललाई ३०० शैयामा विस्तार गर्ने र विपन्नलाई १०% निशुल्क शैया सुनिश्चित गर्ने ।
¨ दमकलाई पर्यटकीय ट्रान्जिट हब बनाउने र गौरीगञ्ज भन्सार व्यवस्थित गर्ने ।
¨ गौरादह कृषि क्याम्पसलाई कृषि अनुसन्धान हबका रुपमा विकास गरिनेछ ।
¨ कोल्ड स्टोर तथा ड्रयर एकै स्थानमा रहने गरी ‘गौरादह कृषि भण्डार केन्द्र’ को स्थापना गरिने ।
¨ दमक गोल्डकपलाई व्यवसायिक राष्ट्रिय, अन्तराष्ट्रिय प्रवद्र्धन गरी झापा–५ को अर्थतन्त्र, पर्यटन र खेलकुद क्षेत्रको समग्र विकासमा योगदान पु¥याईने छ ।
¨ दमक–१० स्थित साइन्सपार्कलाई थप व्यवस्थित गरी सञ्चालन गर्ने
¨ आदिवासी जनजातिको पहिचान झल्किने आदिवासी जनजाति रंगशाला निर्माण गर्ने ?
¨ “१०० दिनमा आयोग, १००० दिनमा समाधान” नीति मार्फत भूमिहिनको समस्या हल गर्ने ।
¨ दमकमा निर्माण गरिएको भ्युटावर सञ्चालनमा ल्याउने ।