देश–समाज राजनीति समाचार स्थानीय

युथ भोलेन्टियर्स समाज र राष्ट्रको सुरक्षाका लागि गठन गरिएको ओलीको दावी

दमक/नेकपा एमालेले गठन गरेको नेशनल युथ भोलेन्टियर्सको कोशी प्रदेश कमिटीको सोमबार दमकमा घोषणा गरिएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहनु भएका पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख उपस्थितिमा आयोजीत कार्यक्रममा प्रदेश कमिटी घोषणा गरिएको हो । कार्यक्रममा सुरज साँवा लिम्बूको नेतृत्वमा ४१ सदस्यि प्रदेश कमाण्ड घोषणा गरिएको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो देशलाई सम्हाल्न सक्ने शक्ति नेकपा एमाले मात्र रहेको बताए । झापा निर्वाचन क्षेत्र नम्बर–५ मा पर्ने झापाको दमकमा सोमबार नेशनल युथ भोलेन्टियर्सको कोशी प्रदेश कमिटीको घोषणा सभामा उनले आगामी चुनावपछि एमालेले नै देशलाई सम्हाल्ने पनि बताए । देशमा भएको तोडफोड, आगजनी र विध्वङ्सबाट देश र लोकतन्त्रलाई क्षति भए पनि देश सम्हाल्ने पार्टी नेकपा एमाले जनताकै विचमा रहेको बताए । देशमा अराजकता सिर्जना गरेर, नागरिकलाई भ्रमित पारेर र सामाजिक सहिष्णुता विथोलेर निर्वाचन जित्न नसकिने ओलीले बताए ।
अध्यक्ष ओलीले जनताका विचमा गएर काम गर्ने, देशलाई समृद्धीको युगमा प्रवेश गराउने, शिक्षा–स्वास्थ्य–रोजगारी जस्ता क्षेत्रमा नागरिकको पहुँच अभिवृद्धी गर्ने पार्टी कुन हो नेपाली जनताले चिनि सकेको समेत बताए ।
कार्यक्रममा एमाले अध्यक्ष ओलीले एमालेको पहिलो प्राथमिकता देश निर्माण भएको दावी पनि गरे । यस्तै नेसनल भोलेण्टियर फोर्स चुनावका लागि मात्रै नभई दीर्घकालीन रूपमा समाज र राष्ट्रको सुरक्षाका लागि गठन गरिएको समेत उनको दावा थियो ।
कार्यक्रममा निर्वाचन क्षेत्र भित्रका विभिन्न वडा र टोलबाट सर्वसाधारण तथा मतदाताहरुको उल्लेख्य सहभागीता रहेको थियो । उनीहरु नारा, जुलुश, नाचगान तथा ¥याली सहित कार्यक्रम स्थल दमकको पशुहाट आएका थिए । कार्यक्रममा विभिन्न चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती समेत राखेका थिए । पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष आसन्न प्रतिनिधी सभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं. ५ बाट उम्मेद्वार रहेका छन । अध्यक्ष ओलीको गृहनगरबाटनै युथ भोलेन्टियर्सले प्रदेश कमिटी घोषणा गरेको हो ।

Author

You may also like