दमकले हरेक समय केही न केही उत्सर्जन गरिरहेको हुन्छ । अर्थात् नवीन प्रकाशनहरू भइरहन्छन् । स्रष्टाहरू जन्मिरहन्छन्, हुर्किरहन्छन् । डा. लेखनाथ नेउपाने यसका ज्वलन्त उदारण हुन् । उनले साहित्य सिर्जनादेखि होमियोपेथिक चिकित्स प्रणालीका बारेमा दर्जनौं सिर्जनाहरू प्रकाशित गरिसकेका छन् । उनको यो ‘स्वस्थ्य जीवन’ पछिल्लो कृति हो ।
दुख किन हुन्छ ? यसको निदान के हो ? अभैm पनि यो बहस संसारमा निरन्तर चलिरहेको छ । त्यस्तै अर्को पनि बहस छ, त्यो के भने उपचार मूख्य कुरा हो कि त्यसको उपचार मुख्य हो ?
यस्तै गहन मुद्धाहरूलाई सम्बोधन गरिएको एउटा गहन सिर्जना दमकले फेरि पाएको छ ।
खासमा मान्छेको दुख मनमा छ । धनमा छ । र तनमा छ । मनको दुख हटाउन मन बलियो बनाउने सूत्र छ । धनको दुख हटाउन धनको विज्ञान छ ।
तर तनको दुख हटाउन निकै मुस्किल छ । त्यति हुँदाहुँदै पनि यसको पनि विज्ञान छ । तर त्यो विज्ञान सबैको पहुँचमा छैन । अनि यसको भाषा पनि क्लीष्ट भएका कारणले बुभ्mनलाई निकै मुस्किल पर्छ ।
शरीर स्वस्थ्य भयो भने दिमाग पनि स्वस्थ्य हुन्छ । तर आज मान्छे स्वस्थ्य बाँच्न कहाँ पाउँछ ?
कठैबरा आजको मान्छे !
आजको मान्छे सागमा बिषादी खान्छ । सब्जीमा बिषादी खान्छ । फलपूलमा बिषादी खान्छ । भान्सामा दिनहुँ पाक्ने चामलमा बिषादी खान्छ । उसले पिउने पानीमा क्लोरिन जस्ता रासायनिक पदार्थ खान्छ । गाइलाई दिने घासमा बिषादी हालेर छिटो छिटो बढाउन हालिएको विषादी दूधमा खान्छ । घीउमा खान्छ । पनिरमा खान्छ । मासुमा खान्छ । अण्डामा खान्छ । अनि घरबाट शुद्ध हावा खान भनेर बाहिर निस्किन्छ र बिषादी हावा खान्छ ।
हरे भगवान् !
यस्तो बेलामा केले बचाउँछ हउ मान्छेलाई ?
कुनै सूत्र छ बाँच्ने ?
दमकमा बसेर होमियो चिकित्सक भएर समाजप्रतिको जिम्मेवारी बोकिरहेका लेखक तथा चिकित्सक डा. लेखनाथ नेउपाने सूत्र छ भन्छन् ।
उनी कम्मर कसेर लागेका छन् यो समाजलाई स्वस्थ्य र सभ्य बनाउन । उनको स्वास्थ्यक कर्मको लामो साधनाले उनलाई थप अर्को कृति जन्माउने बाटो दियो । त्यो कृति ‘स्वस्थ्य र जीवन’ भखैरै प्रकाशित भएको बुटी हो शरीरको । जीवनको ।
दिनभरी काम गरेर बेलुका रक्सी, मासु र चुरोटमा समय रमाउँछ मान्छेको । खाना खाने समयको ठेगान हुँदैन । खाना खाने परिकारको कुनै सूची हुँदैन । महंगा औषधि र ठूला अस्पताल जाने कुरामा गर्व गर्ने मान्छेहरू भएको यो समाजमा बाँचिरहेका छौं हामी ।
स्वास्थ्य कति मूल्यवान छ भन्ने कुरा यी भनाइहरूबाट प्रमाणित हुन्छ ।
महात्मा गान्धि भन्छन्, साँचो सम्पत्ति स्वास्थ्य हो, सूनचाँदीका टुक्रा होइनन ।
थोमस कार्लाइल भन्छन्, जसको स्वास्थ्य हुन्छ उसको आसा हुन्छ, जसको आसा हुन्छ उसका सबैकुरा हुन्छन् । बुद्ध भन्छन्, शरीरलाई स्वस्थ राख्नु कर्तब्य हो..नत्र हामी आप्mनो मनलाई दरीलो र स्व्च्छ राख्न सक्दैनौं । अमेरिकी कवि इमर्सन भन्छन्, पहिलो सम्पत्ति स्वास्थ्य हो ।
यही उद्देश्य पूरा गर्न कम्मर कसेर लेख्न बसेका डा. लेखनाथ नेउपाने मानिसका रोगहरूका बारेमा इतिबृति लेखेर सचेत पार्न पनि खोजिरहेका छन् । बिरामी हुनासाथ मेडिकलमा गएर आपैm जान्ने भएर औषधि किनेर खाने, औषधि नै सबै थोक हो भन्ने मान्यतालाई भत्काउने प्रयास गरिरहेछन् नेउपानेले यो किताबमा । त्यसमा पनि होमियो चिकित्सक बिधिको सविस्तार उपचार पद्दतिको प्रस्तुत गरेका छन् । यो पद्दति किन वैज्ञानिक छ, किन यो हाम्रो शरीरका लागि उपयुक्त छ भनेर बताउँछन् । त्यो पनि सरल भाषामा । यसमा होमियो चिकित्सक प्रणालीको आत्मा बोलेको छ यस बिताबमा । कसरी सेलेक्सन र ग्रेडेसन ले रोगसंग मुकाबिला गर्न सक्छ, ती औषधिका स्रोत कसरी प्राकृतिक उपज हुन्, ती हाम्रो जीवनशैली संग कसरी जोडिएका छन् भनेर औषधिलाई जीवन र प्रकृतिसंग जोडेका छन् । किनभने जीवन यो जगतसंग संधै एकाकार छ, प्रकृतिको उपजसंग संधै एकाकार छ । यसरी जीवनलाई प्राकृतिक शक्तिसंग एकाकार गरेर मात्र स्वस्थ्य रहन सकिन्छ भन्ने सन्देश छ यो किताबमा । किनभने स्वास्थ्य भनेको हाम्रो जीवनशैलीको उपज पनि हो । हाम्रो खानपिनको उपज पनि हो । के खानु, के नखानु, कस्तो जीवनशैली अपनाउनु पर्छ भनेर लामै व्याख्यामा उत्रिएका छन् नेउपाने । किनभने किताब जीवनको आपैmमा एउटा गुरू हो । एउटा शिक्षक हो । एउटा गोरोटो हो । एउटा जीवन जिउने सूत्र हो । नेउपानेले यो किताबलाई त्यस्तै बनाएका छन् । के भएको छ ? के खानु पर्छ । के गर्नु पर्छ ? किन यस्तो भएको हो ? कसरी रोगलाई बिस्थापित गर्न सकिन्छ ? यस्ता आम प्रश्नहरूको उत्तरको पुलिन्दा हो यो किताब ।
त्यतिमात्रै होइन, मान्छे रोगको बारेमा जान्न नपाएर रोगी बनिरहेका छन् । के हुँदा के हुन्छ ? के भनिन्छ त्यसलाई ? यसरी रोगको पहिचान गर्ने सूत्रहरू भनिदिएर रोगका लक्षणहरू र तिनका निदान गर्ने उपायहरू केलाक्ष्ई दिएर आम मानिसहरूलाई ठूलो गुन लगाएका छन् नेउपानेले । आन्तरिक र बाह्य दुबै किसिमका रोगले नसताएको आज कुनै बयस्क भेटिन गाहे छ, यस्ता बेलामा यो किताबले यस्ता संपूर्ण रोगहरूको परिचय, लक्षणहरू र त्यसको निदानको लामै रूपरेखा तयार पारेका छन् यो किताबमा ।
एलोपेथिक चिकित्सालाई मानिसले तत्कालिक राहतका रूपमा लिए पनि दीर्घकालका लागि कम साइड इपेक्ट हुने र रोगको जरै उखेलेर लाने क्षमता राख्ने होमियो चिकित्सा प्रणाली ओझेलमा परेकै हो । यसलाई नेउपानेले त्यो ओझेलको पर्दा हटाइदिएका छन् यो किताबमार्पmत ।
जडिबुटी, बोट बिरूवाबाट स्थानिय स्तरमा प्राप्त हुने खजना नै होमियोपेथीका औषधिहरू हुन् । यी शतप्रतिशत प्राकृतिक भएकाले शरीरलाई यिनले कुनै हानी नोक्सानी गर्दैनन् । यसमा बिरामीको पूर्ण विवरण लिएर मात्र औषधिको छनोट हुन्छ । त्यो विरण उसका जीवन शैलीहरूबाट अध्ययन गरेर मात्र औषधि निर्धारण गरिन्छ । जसले गर्दा कुनै पनि रोगको पूर्वअवस्थामा बिरामीलाई कुनै कष्ट हुँदैन । यसरी लेखकले यो चिकित्सा बिधिको संपूर्ण जानकारी एउटा किताबभित्र अटाउने प्रयस गर्नु कठीन पनि हुन्छ, तर डा. नेउपानेले यो कर्म पूरा गरेका छन् । एउटै किताबभित्र स्वस्थ्य जीवनका अनेक अवरोधहरूलाई चिनाएका छन् । अनि तिनलाई चिरेका छन् । अथवा, यो पुस्तक रोग लागिसकेकाहरूका लागि मात्रै होइन, रोग नलागेका र युवा पींढिले पढ्नै पर्ने लेखकीय तर्कसंग बिमति राख्ने कुनै ठाउँ छैन । किनभने यो किताव रोग निको पार्न मात्रै बनाइएको होइन, स्वस्थ्य जीवन किन आवश्यक छ र यो जीवन कायम राख्न के के गर्नु पर्छ भन्ने कुरा सबैले जान्नु पर्ने कुरा हुन् । किनभने रोग भनेकै शरीरमा इमयुनिटी कमजोर हुनु हो । त्यो भएपछि शरीरलाई ससाना जीवाणुहरूले पनि नकारात्मक असर निकाल्न थाल्छन् , अनि मान्छे रोगी हुन्छ । पिंजरे हुन्छ ।
यो पुस्तकले निश्चय पनि मानिसलाई स्वस्थ जीवन निउने आधार दिनेछ । नेउपानेजीलाई हार्दिक बधाइ पनि दिन चाहन्छु । साहित्यलाई चिन्तनको र चिकित्सालाई पेशाको रूपमा सन्तुलित भएर निरन्तर लागिरहने उनका हातहरू अभैm निखारिउन् ।
दमक, झापा

Author

You may also like