खेल देश–समाज समाचार स्थानीय

चुलाचुली अंग्रेजी माविमा बाँस्केटबल प्रतियोगिता सम्पन्न

दमक । दमक १ स्थित चुलाचुली अंग्रेजी बोर्डिङ स्कूलले बार्षिक कार्यक्रम अन्तर्गत विहिबार अन्तर सदनात्मक छात्रछात्रा बाँस्केटल प्रतियोगिता २०८२ सम्पन्न भएको छ ।

स्कूलमा गत मंसीर ७ देखि ११ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा छात्र तर्फ ६ र छात्रातर्फ ३ वटा सदनले भाग लिएको थियो । नकआउट नियममा खेलाइएको बास्केटबलमा छात्रतर्फ प्रिजा राई सदन विजेता बन्यो भने युनिस भट्टराई सदन उपविजेता बनेको थियो । उक्त प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडीका रुपमा विजयी प्रिजा राई सदनका विक्रान्त लिम्बू र सर्वोत्कृष्ठ स्कोररका रुपमा युनिस सदनका दिपसिंह केसी घोषित भए ।

यस्तै, छात्रातर्फ उपाधि खेलमा अर्किड र क्यामेलिया टीम बीच प्रतिष्पर्धा भएको थियो । प्रतियोगितामा क्यामेलिया टिम विजेता बन्यो भने अर्किडले उपविजेतामा चित्त बुझाउनु परेको थियो । सो प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडीका रुपमा विजेता टिमकी मिन्सा लिम्बू र सर्वोत्कृष्ठ स्कोररका रुपमा अर्किडकी सोनिम मादेन घोषित भईन् ।

विद्यालयमा विगत तीन दशकदेखि नियमित रुपमा विद्यार्थीहरुवीच बाँस्केटवल प्रतियोगिता सञ्चालन हुदै आएको प्रिन्सीपल चन्द्रप्रकाश राईले बताए । उनका अनुसार विद्यालयले गुणस्तरिय शैक्षिक पठनपाठनका अतिरिक्त नियमित रुपमा विभिन्न खेलकुदका कार्यक्रम सञ्चालन गरिआएको छ ।

उक्त प्रतियोगिताका विजेता,उपविजेता टिमका खेलाडीहरुलाई विद्यालयका संस्थापक निर्देशक मनोज साम्पाङ राई लगायतले पुरस्कार तथा ट्रफि प्रदान गरेका थिए ।

पुरस्कार प्रदान गर्दे संस्थापक निर्देशक राईले विद्यार्थीको सर्वाङगीण विकासका लागि खेलकुदको भूमिका महत्वपूर्ण रहेको भन्दै विद्यालयले खेलकुदका क्षेत्रमा समेत विभिन्न अतिरिक्त कृयाकलापहरु सञ्चालन गरिआएको जोड दिए ।

प्रतियोगिता सफलताका रुपमा सम्पन्न गर्न शिक्षक विनोद भण्डारीले अम्पायर र शिक्षकद्धय सञ्जय बस्नेत ,रमन दाहालले कमेन्ट्रीको भूमिका निर्वाह गरेका थिए ।

Author

You may also like