जेसीजहरुको महत्वपूर्ण कार्यक्रम एक प्रकार मुख्य पर्वकै रुपमा लिइने जेसीज सप्ताह यो वर्ष दमक जेसीजले विभिन्न कार्यक्रमहरु सम्पन्न गरी मनाइएको छ । सप्ताह कार्यक्रमका मूल संयोजक रुवल अधिकारीले गराएको जानकारी अनुसार मंसिर १ गते सोमबार उदरघाटन गरी ५ गते समापन गरिएको छ ।
जेसी धर्म ढकालको संयोकत्व तथा युथ लिडर्स नेपालको सहकार्यमा दमक बहुमुखी क्याम्पसको सभाहलमा आयोजित Opening Ceremony & Water Purifier Handover Program / Theme Seminar : Impact, Achievement & Challenges of Gen-Z Movement on Local Governmentकार्यक्रम सम्पन्न भएका हो ।
क्याम्पसकै सभाहलमा दोस्रो कार्यक्रम थिम सेमिनारको आयोजना गरिएको थियो । आयोजित सो कार्यक्रमको संयोजक जेसी विशाल अधिकारी रहेका थिए । स्थानिय निकायमा जेनजी आन्दोलनको प्रभाव, चुनौति तथा अवसरका विषयमा सेमिनार आयोजना भएको थियो । सयबढी विद्यार्थी, शिक्षक, समाजसेवी तथा प्रबुद्ध वर्गको उपस्थितिमा आयोजित सो कार्यक्रममा दमक नपाका कार्यवाहक अध्यक्ष भीम प्रसाद पौडेल र नेपाल उद्योग वाणिज्य संघ केन्द्रीय सदस्य गोकुल श्रेष्ठले मन्तव्य राखेका थिए ।
तेस्रो कार्यक्रम जेसी सुमन पौडेलको संयोजकत्वमा मैत्रीपूर्ण फुटसल प्रतियोगिताको आयोजना गरिएको थियो । दमक–५ स्थित वेस्ट फुटसलमा आयोजित सो प्रतियोगिता दमक जेसीज, दमक उद्योग वाणिज्य संघ, पत्रकार, जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिबीच प्रतिष्पर्धा भएको थियो । जसमा दमक उद्योग वाणिज्य संघले विजयी हासिल गरेको थियो ।
चौथो कार्यक्रम जेसी आभुषण भट्टराईको संयोजकत्वमा मेन्टल हेल्थ अवारनेस ट्रेनिङ आयोजना गरिएको थियो । दमक–६ स्थित ग्लोबल एजुकेसनल एकाडेमीको सभाहलमा सो कार्यक्रम सम्पन्न गरिएको थियो । सय बढी विद्यार्थीको उपस्थितिमा आयोजित सो कार्यक्रमको सहजकर्ता दमक अस्पतालका मनो चिकित्सक डा. दीप श्रेष्ठले गरेका थिए ।
पाँचौ कार्यक्रमका जेसी सरिता आचार्यको संयोजकत्वमा बाल स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । दमक–९ स्थित अनाथ बाल आश्रममा आयोजित सो कार्यक्रममा ३० बढी अनाथसहित १० वटा टोल विकासका सेवाग्राहीको सहभागिता रहेको थियो । ओम शान्ति डेन्टल अस्पतालको सहयोगमा दन्त परिक्षण गरिएको थियो भने बिर्ताज्योति आँखा अस्पताल दमकको सहयोगमा आँखाको चेकजाँच गरिएको थियो ।
छैटौं कार्यक्रमका रुपमा विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण गरिएको थियो । जेसी कृष्ण भट्टराईको संयोजकत्वमा सय बढी विद्यार्थीलाई कापी, कमललगायतका अन्य सामग्री वितरण गरिएको थियो । सो कार्यक्रम जनचेतना आधारभुत विद्यालय दमक–४ मा आयोजना गरिएको थियो । सो कार्यक्रममा लायन्स क्लब अफ दमक युनाइटेडको सहयोग रहेको थियो ।
सातौ कार्यक्रमका रुपमा छात्रवृत्ति हस्तान्तरण कार्यक्रम आयोजना गरिएको थियो । जेसी सुमन कुमालको संयोजकत्वमा आयोजित कार्यक्रमबाट बीबीएस प्रथम वर्षको शुल्क पाउनेमा लक्ष्मी कुमाल रहेकी थिईन । स्व. गणेश बहादुर भट्टराई स्मृति कोषबाट सिनेटर राजकुमार भट्टराईले उक्त छात्रवृत्ति प्रदान गरेका थिए ।
अन्तिम कार्यक्रम समापनको रहेको छ । जेसी पंकज पोखरेलको संयोजकत्वमा आयोजित सो समापन कार्यक्रममा प्रिभिलेज कार्ड हस्तान्तरण गरिएको थियो । परिचयसहित उक्त कार्ड वितरण कार्यक्रमको प्रमुख आतिथिमा नेपाल जेसीजकी अध्यक्ष सिनेटर रजनी थापा रहेकी थिईन । रेगिना भट्टराई प्रसाई, गोकुल श्रेष्ठ, ढुण्डीराज भण्डारी, गोपाल गुरागाई, प्रकाश बुढाथोकी, सन्तोष अधिकारीलगायतले सो समापन कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए । आयोजित कार्यक्रमबारे जानकारी दिँदै मूल समिति संयोजक जेसी रुबल अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।