
भद्रपुर । राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था लि. भद्रपुर १० चन्द्रगढी झापाको २६ औं वार्षिक साधारण सभाले लक्ष्मीप्रसाद गुरागाई को अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । शनिबार सम्पन्न सभाले उपाध्यक्षमा तेजिन्द्र नेउपाने, सचिवमा शेषराज पौडेल र कोषाध्यक्षमा कृष्ण रुचाल लाई सर्वसम्मत चयन गरेको हो । आगामी ४ वर्षे कार्यकालका लागि गठित समिति सदस्य मा क्रमशः भिमा भट्टराई, जीवनकला राउत, मन्दिरा श्रेष्ठ, राजेन्द्र प्याकुरेल रहेका छन् । यसैगरी, लेखा समितिमा घनेन्द्र प्रसाद ढकालको संयोजकत्व रहने गरी सुरेस भट्टराई र सुवास कुमार विक सदस्य निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
सहकारीका अध्यक्ष वशिष्ठ अधिकारीको अध्यक्षता तथा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय महासचिव रामचन्द्र अधिकारीको प्रमुख आतिथ्यमा यश अघि सम्पन्न उद्घाटन सत्रमा अध्यक्ष अधिकारीले ३ अर्बको सम्पति दायित्व परिचालित सहकारीको आ ब २०८१÷८२ मा १ करोड ५८ लाख ७४ हजार ५ सय रुपैयाँ बराबरको शेयरपुजी रहेको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विगत ४ वर्षे कार्यकालमा सहयोग पु¥याउने संचालक समिति पदाधिकारीहरु अध्यक्ष अधिकारी सहित ४ जना तथा कर्मचारी अनुज खतिवडा र नुतन पौडेललाई पुरस्कार सहित प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो । उपाध्यक्ष डिल्ली ढकालले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रम नवराज पोखरेलले सञ्चालन गरेका थिए ।