दमक । पूर्वराजा ज्ञानेन्द्र शाहको दमकमा सवारी भएको छ । १० दिने बसाइँका लागि सोमबार झापा आइपुगेका छन् । दिउँसो १२ः४५ बजे बुद्ध एयरको बीएचए ९५५ को कमदनियमितउडानमार्फत् पूर्व राजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह, छोरी प्रेरणा शाहलगायत ६ सदस्यीय टोली झापा आइपुगेका हुन् । चन्द्रगढी बिमानस्थलको बिशिष्ट कक्षमा भद्रपुर नगरपालिकाकी नगर उपप्रमुख राधा कार्कीको नेतृत्वमा करिब ४० जनाले पूर्वराजा शाहलगायतलाई फुलमालाले स्वागत गरेका थिए ।
उनीहरुलाई स्वागत गर्न नेपाल विद्वत परिषद्का केन्द्रीय अध्यक्ष जितबहादुर अर्जेल (मोरङ), परिषद्का उपाध्यक्ष बल्लवप्रसाद दाहाल, परिषद्का मोरङ जिल्ला अध्यक्ष पुष्पराज दाहाल (मोरङ), पूर्वमन्त्री बद्रीप्रसाद मण्डल, सुभद्रादेवी गेलाल (अर्जुनधारा), ज्वाला दाहाल (धुलाबारी), पप्पुलाल चौधरी (मोरङ), सन्दिप घिमिरे (मोरङ), पूर्व श्रम तथा पूर्वाधार विकास सहायक मन्त्री टेकनारायण राजवंशी चन्द्रगढी विमानस्थल पुगेका थिए । स्वागतपश्चात् शाह दमक –९ स्थित हिमालयन महालक्ष्मी टि इस्टेटस्थित मिनी दरबारमा रहने बुझिएको छ ।