देश–समाज राष्ट्रिय शिक्षा समाचार

एसईईको नतिजा प्रकाशन, ६२ प्रतिशत उत्तिर्ण

दमक । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई) मा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

शुक्रबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एसईईको नतिजा सार्वजनिक गरेको हो ।
बोर्डका अध्यक्ष महाश्रम शर्माले यस वर्ष एसईईमा ग्रेडेड हुनेको प्रतिशत ६१.८१ रहेको बताएका हुन् । गत वर्षको तुलनामा यस वर्षको नतिजामा उल्लेख्य सुधार देखिएको छ । गत वर्ष ग्रेडेड हुनेको संख्या ४८ प्रतिशत थियो ।

बोर्डका अनुसार नियमिततर्फ जीपीए ३.६० देखि ४.० ल्याउनेको संख्या ४८ हजार १ सय ७७ रहेको छ । बोर्डका अनुसार जीपीए १.६० देखि २ जीपीए – ८ जना, जीपीए २ देखि २.४०– ४,१२६ जना, जीपीए २.४० देखि २.८०– ४८,४७९ जना, जीपीए २.८० देखि ३.२०– ८९,१२४ जना, जीपीए ३.२० देखि ३.६०– ८१,३८५ जना, जीपीए ३.६० देखि ४– ४८,१७७ जना, नन ग्रेडेड– १,६७,५९७ जना गरी जम्मा पास विद्यार्थी संख्या २,७१,२९९ जना रहेको छ । एसईईमा कुल ४,३८,८९६ परीक्षार्थी सहभागी थिए ।

बोर्डका अनुसार कोशीमा जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या ६,२५८ रहेको छ । त्यस्तै मधेशमा जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या ४,१३८ , बागमतीमा जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या २३,७८२, गण्डकीमा जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या ४,८९५ ,लुम्बिनीमा जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या ६,७५४ ,कर्णालीमा जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या १,१३१ र सुदूरपश्चिममा जीपीए ३.६० देखि ४ ल्याउनेको संख्या १,२१९ रहेको छ ।

Author

You may also like