दमक। झापाको दमकमा आज ५१ परिवारलाइ राहत वितरण गरिएको छ । कोरोना भाइरस संक्रमणका कारण लकडाउनले दैनिक ज्याला मजदुरी गर्ने अति विपन्न परिवारलाइ खाद्यान्नको अभाव भएको भन्दै दमक ८ का ५१ परिवारलाई राहत वितरण गरिएको हो ।
राहत दमक ८ को किराँत चौकमा वितरण गरिएको थियो । प्रत्येक परिवारलाई १५ केजी चामल तथा एक-एक केजी दाल र नुन वितरण गरिएको छ । राहत वितरणका लागि दमकका लक्ष्मी प्रसाद संग्रौलाले ७ सय ५० केजी चामल उपलब्ध गराएका थिए भने कुल बहादुर कट्वालले २५ केजी दिएका थिए ।
त्यस्तै नुन दमककै टंक पाठकको तर्फबाट र दाल कृष्ण तिम्सिनाले उपलब्ध गराएका हुन् । राहत वितरण कार्यक्रममा दमकका अधिकांश राप्रपाका नेता तथा कार्यकर्ताको उपश्थिति रहेको थियो ।