समाचार

नेपाली सेनाद्धारा भारतीय सञ्चारमाध्यमको पछि नलाग्न नेपाली नागरिकमा अपील

काठमाण्डौं। नेपाली सेनाले विज्ञप्तिमार्फत भारतीय सञ्चार माध्यम हिन्दूस्तानटाइम्स डटकम र टिएफआई डटकममा प्रकाशित दुई सामाग्रीलाई उदृत गर्दै भ्रामक, दुरासयपूर्ण, काल्पनिक तथा निराधार भएको बताएको छ ।

सेनाले भनेको छ “उक्त भ्रामक समाचार दुई मित्रराष्ट्र तथा विशिष्ट ऐतिहासिक सम्बन्ध भएका दुई सेनाहरुबीचको सम्बन्ध र विश्वासमा नकारात्मक असर पुर्‍याउने उद्देश्यबाट प्रेरित देखिन्छ” ।

राष्ट्रिय एकता थप मजबुत बनाउनुपर्ने वर्तमान परिस्थितिमा नेपालमा विभाजन ल्याउने तथा नेपाली सेनालाई अनावश्यक विवादमा तान्ने कुत्सित मनसायले नेपाली सेनाप्रति लक्षित यस प्रकारको अफवाहहरुमा विश्वास नगर्न सेनाले आमपाठक तथा स्वाभिमानी नेपाली नागरिकलाई विज्ञप्ति मार्फत अनुरोध समेत गरेको छ।

Author

You may also like