समाचार

थप एक सय ७० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या एक हजार २ सय १२ पुग्यो

दमक। नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार २ सय १२ पुगेको छ । आज थप एक सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएसंगै एक हजार २ सय १२ पुगेको हो। यो बृद्धि संख्या अहिलेसम्मकै बढी हो। यसअघि मंगलबार ९० जना, बुधबार एक सय १४ जना र हिजो बिहीबार एक सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप १७० जनाको कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको बताउनु भएको हो।

प्रवक्ता देवकोटाका अनुसार कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका २७ जनाको रिपोर्ट पोजिटिभ आएको छ। पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ३ हजार २ सय ३८ गरी अहिलेसम्म ६४ हजार १ सय ५४ जनाको नमुना परीक्षण भएको छ।

यस्तै आरडीटी परीक्षणबाट १ लाख ५ हजार ४ सय ७८ नमुना परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा आरडीटी विधिबाट ३ हजार ४ सय ४४ जनाको नमूना परीक्षण गरिएको छ। देशभरीका विभिन्न क्वारेन्टाइनमा ९९ हजार ३ सय ३६ जना रहेका छन्।

Author

You may also like