देश–समाज राष्ट्रिय विचार/वहस स्थानीय

“झाेले तुजुकले आतंककाे रूप चाहिँ नलेओस् है प्रभु !”

आज बिहान हतारिँदै आएको ऐंसेलु झाँगेले एउटा पट्याइएको कागज मेरो हातमा थमाउँद भन्यो–“यो मैले हामेरको पर्वते नेपाली र उत्ता इनल्यानको अङरेजी मिस्कट गरेर लेखेको चिठ्ठीको भाका, ब्याकर्ण, अछेर र सभ्धहेरू मिलो–मिलेन रामरी हेर्देऊ त हउ सत्तेबादीजी, झट्टै हेर्देऊ त । आज्जै पोस्टापिसमा पुगा’र रजेस्टी गरा’र इमप्लेट नगराई भा छैन !”
मलाई त्यसको घ्यारघ्यारे बोली सुन्नु र चतुरे अनुहार हेर्नु पनि नपरोस् भने झैं दिक्क लागेको थियो । जहिल्यै आउँछ र के र के नचाहिने झेली कुरा गरेर वाक्क लाउँछ अनि उसको कुरो ’माथि’ भएन भने तथानाम बक्बकाउँदै हिँड्ने गरेर मेरा निम्ति काउछो बनाइसकेको थियो त्यसले आफूलाई । तर, झाँगे आफू कमरेड र कमरेड पाटीको झोले समेत भएकाले ऊ आइहाल्दा लखेट्न पनि डरमर्दै थियो । अहिले मालिकले नै आफूलाई ‘झोले’ करार गरिुसकेकाले उनका सविकका ‘भेडा’–हरू सबैले आफूलाई झोलेमा सरुवा गरी सगर्व ’म पनि झोले’ भन्न थालेको मौसम छ झापामा पनि  । यस्तो मौसममा झाँगे जस्तो पचमुखे, मुस्मुन्द्रे, अरबख्रे, दुर्खुखा, लिढे ढिप्पीवाल, लबस्तरो ‘पक्का झोले’–को जे पनि सुन्न जसले पनि बाध्य हुन त परेकै छ ! भूपू प्रधानमन्त्री माधव नेपाल, भूपू सभामुख अग्नि सापकोटा र कोनि के पोस्टको सूर्यमान जोङ जस्ताहरूले त झोले भइन्जेलको ठिकठाक स्थितिलाई झोले बन्न इन्कार गर्दा भताभुङ्ग देख्नु पर्दैछ भने म जाबो को हुँ र झोले झाँगेले भनेको नमान्ने ?…..भन्ने सोचेर उसले दिएको कागज खोलेर सरसरी पढेपछि धिमरुन्जेल मात्र होइन आँखामा बररै आँसु पग्रिउन्जेल हाँसें । र, हाँस्तै भनें –“हन यस्तो के लेखेको ? वाक्यमा नेपाली र अंग्रेजी अक्षर मिसमास गरेर किन गिजोलेको तिमीले हँ ?”
धनाड्य उद्योगपतिले उसको तन्नम मजदूरको बिलौना सुनेर वेपर्वाह तर्छाएर जवाफ दिए जस्तो गजक्क फुलेर उसले भन्यो –“ देखीदेखी पनि के लेखेको अरे ? हन तो चिठ्ठी होइन्त ? मैले मेरा माइला बढाऊकी छोरी – मेरी बुइनीका ससुराका सालाको जेठानका मामा ससुरो, ती क्या कताका पाहाडतिराड बसइँ सरेर इलाम आका ओमपर्साद ओलीलाई लेख्या चिठ्ठी होइन्त तो ? अँ बाक्के–बाक्केमा इँलिसको अछेर किन हालेको भन्छौ भने – ती क्या त, स्यानामा मेरा पिताजीले ‘मेलेच्छेको गाईखाने भासा नसिक’ भन्–र इँलिस पढ्न देका थेनन् र म इँलिस बोल्न मात्तै जान्दथें , लेख्न–पढ्न आउँदैन्थ्यो । भख्खर सिक्तैछु र जति सिकेको छु तेति खस–नेपालीमा घोलेर लेखेको नि ! तपइँले पढ्नै जानेनौ कि क्या हो ? कि गामठाममा जान्ने पँडित भाको मेरो भाइ कम्रेट हरिराम शर्मा ब्रामनले सँसृत भासा जाने जति मात्तै तपइँले इँलिस जानेरै मात्तै यामे–बिये पास गरेका हौउ हउ हन ? मेरो कम्रेट भाइ हरिरामेले साँहू–अछेर मात्तै चिनेर पँडित गरे जस्तै हो हउ तपइँको पढाइको साटिफिटिक पनि, हँ ? तेसरी नढाँट्नु हए, खाडलमा परौला । हामेरको झोले शासन त कडा छ हए , ठेगान लागौला हए तपइँ पनि रभि लाम्छ्याने जइसइ स्याँठ्ठसँगले झ्यालखानमा ।“…
उसले बाङ्गो कुरो गर्न शुरु गरिहाल्यो भने झैं लागेकाले मैले केही भनिन । यदि उसलाई मैले चाहेको र जानेको जवाफ दिएको थिएँ भने बवाल गर्नसक्छ उसले भन्ने मेरो अनुभवले नै मलाई बोल्न दिएन ! र, बरू उसको चिठ्ठी फेरि पढें । कुखुराले खोस्रेको वा हाँसले छेरेको जस्ता अक्षरमा लेखिएको त्यो चिठ्ठी यस्तो थियो –
साेस्ती सिरि ६ Cबलाल कम्रेटजी,
       मेराे तरफबड Bसासहे अVबाधन छ । Aता निकानान्दै छ । तेता तपइँ र Kटा-KTलाई  K-कसाे  छ ?  Bमारी-Cरामी परिAकाे भA खानेकुरा खाँदा Aकदम हाेसिR  हुनु  हA । Pराे-अमिलाे नखानु । Sबेला राेगकाे Vषण चल्ती छ, Gब्राे टाेकिAला नि । अनि, Oखलढुङ्गे दिदी-Vनाजुलाई कस्ताे ६ ? र  SOल्टी-SOल्टिनीहर्ले Bहे गरे कि नगरी छन् ? Bद्यालएमै पढ्दैछन् कि K गर्दैछन्  ? Jठाे भानिज  Tकाराम त कालेबुङकाे तल Tस्टातिरै छ भन्थे Vनाजुले पाेर भेट हुँदा । उँधेरकाे समेत खबर K-K  ६ ? चिठ्ठीमा Dटेलमा लेख्नु  हाेला । Aता हामेरकातिर आउने कि नआउने, K B४६ ? याे Jठ मैना गAपछि असार- साउनतिर नभA अलिपछि Cबरात्रीमा  म  Aक हप्ता बस्नेगरी आउने Eस्टमेट गर्दैछु । बाटाेखर्च K-कति लाग्छ, लाेग्ने मान्छेकाे कति  र  IमाEकाे  कति भन्ने किल्लेर लेखी पठाउनु हुनेछ भन्ने Bश्वास लिएकाे छु ।
           Gवन Gउने मेलाेमेसाे K ६ ?- साे पनि लेख्न नBर्सनु । म त Sबेला आनन्नसँग कम्रेट गरिखाँदैछु । Sबेला हामेरकाे पाटी गाेरमेनमा छ कि अन्तखेरि Aताका जन्ता सप्पै नै हामेरू सप्पै दर्जाका  झाेलेसँग Aकदम ड्राउँछन् र  J खाA पनि J लाA पनि  फिरी जस्तै भEराखेकाे छ । घरमा केE पाक्तैन, बाEरबाEरै टन्न खाइँछ र खल्तीका रुप्पै Aक कन्चाे पनि खर्च नगरी राम्रE कपडा  लगाइँदैछ । Sस्तै छ हए हालखबर । अस्ति हामेरका बाकाे हुकुमले अक्त्यार निवार्ण आयाेकले अन्गि साँपकाेटाे, सुर्जेम्यान दाेङ हाे कि फाेङ र भूतपूर्वक पराइमिस्टर माधाै नेपालहरू कडाेरउँमाथि  माने बयानब्बै जानामाथि ज्यान-खुन र भस्टाचारी गरेकाे मुद्दा खापिएसि माउबाधीका अदच्छे कम्रेट पर्चन्न Aक्कै रातमा फतक्क गलेर घुँडा टेकेछन् र अब्ब फेरि ताननीA किस्न Cटउला गिर्हेमन्त्रीमा भर्ति हुने चर्चाे अस्ति बुधारका दिनदेखुन् गाइँगुइँ हुँदै धुमधाम भइरछ । अब चइँ Bचार-Bवेक पुगाAर तेतE लाग्नुपर्छ भन्-र हामेरकाे पुरानु कम्रेट Vमपर्सात Gम्दारले मलाई पनि Dसाइट गरेर Dस्सिस्यान दिनु भन्ने हुकुम गरेका छन् र म अैले तेसैमा Bज्जी छु । तेSकारन, लाै त आजलाई एत्ति नै । Oक्के बाE !
                                                 भओदीA,
                             तपइँकाे सँद्दै भलाे चाहानेे Jन्टिल कम्रेट
हरिकान्त नारान ब्रामण – झाेले
                              ( ऐंसेलुझाङ बस्ती, झाेले टाेल)
                                       इति संवत सन् २०००, ८२ साल जेठ २७ गते                                                        

चतुरदशी तिथि माङलबार सुभाेम् ।
पढिसकेपछि जोडले हाँसें । तर, के भनुँ–के भनुँ भन्ने सोच्तै र केही नभनुँ भने पनि यो झोलेको चित्त नबुझ्ला र टोलै थर्काएर हल्ला गर्ला भन्ठान्दै भए पनि मैले भने –“यसरी भाषाको गला रेट्नु त हुँदैनथ्यो । किन यसरी नेपाली र अंग्रेजी भाषा गिजोलेर …”
मैले यति भन्दाभन्दै झाँगेले बम्किएर भन्यो –“के यत्राको गला रेट्ने कुरो गर्छाै ? गला रेट्ने र गर्धन छिमल्ने काम त हामेरका बाबैहर्ले दुई हज्जार अट्टाहिस सालदेखुन् एत्तिस सालसम्म कत्ति गरे कत्ति । अ‍ैले सो–उक्त धन्धा चटक्क छाडिसकेका हिस्टोरी था छैन ? चउध बर्ख त झ्यालखानमै बितो उँधेरको भनेरभनेदेखुन् अ‍ैले कता गलो रेट्ने कुरो गर्छाै हउ माजै मुखाड ? राजाबाधीहर्ले आन्नोलन खेल्दैछन् भनिकिन ढुक्क भ’र मक्ख पर्दै फुर्ति लाका हउ कि क्या हो ? अब हामेरको कानुनका पोस्तकै अमृकानको यामसिसि पोरजेकले अङरेजीको इँलिसमा लेखेर लागु गर्छ अन्त पो चल्ला बुद्दै नबुजेर भनननन रिँगाटा! अ‍ैले नै सर्खारी करमचारीका हेट–हेटले आध्धाउधी इँलिस मिसा’र चाइँनेकेरे इन्टभ्यूमा जुआप दिँदैछन् भनेरभनेदेखुन् मैले चइँ अछेर मात्तै मिस्कट गर्दैमा गलो रेटेको देख्यौ ? तपइँ माउबाधीको अन्गि साप्कोटो र सुर्जेमान दोङको पाटका मान्छे भका छौ कि समाचबाधीका माधौ नेप्पालको मान्छे ? पुर्वागरह राखेर चाइँनेकेरे मलाई हेप्छौ ? लाखेस न लाखेस् । हन हामेरले गरेका कौनै काम फुटेका आँखोले पो देख्न सक्तौन होइन ? अब देख्छौ झोले पाटीको पाइँन् र लाटा न बाठा हुनुपर्छाै तपइँ  ।”….
ऊ त त्यत्तिकैमा बम्किएर उठ्यो र –“खोइ ल्याऊ मेरो डकुम्यान” – भन्दै र मेरो हातबाट त्यो कागज खोसेर कच्याककुचुक मुठ्याउँदै भङरङ–भङरङ हिड्यो ।… म छक्क परेर हेरिरहें र मनमनमा भनें –“यिनीहरूका मालिकले ‘म पनि झोले हुँ’ भनेर टुक्केबाट झोले अवतार फेरेका दिनदेखि गाउँ–ठाउँका कौडे, कैटे, कन्दने, हुक्के,चम्चे, कोदे–पाङदुरे, लम्फे–लैबरे, लोदरे, हरिपुङताम–लबरचोट्टा, जँड्याहा–गँजडिया, लोक्ते–प्यान्टे, सुके–फुके, हुइपे–सुइपे इत्यादि सबका सब हान्ने राँगो झैं भई आफूहरू उही मालिकको बुख्याँचा हुँ भन्ने बिर्सेर गाउँ–टोलमा खपिनसक्नु पो पार्न थाले त हँ ? यिनीहरूको मालिक पनि आज्ञाकारी पाकिस्तानी आतंकीहरूको आज्ञाकार ’आकाहा’ जस्तै वा अनुयायीहरूलाई लठ्याएर परिचालन गर्ने झक्कड जादूगर ‘किल्भिस’ जस्तै पो हो कि क्या हो हँ ? उसका पिछेलग्गुहरू त आँखा चिम्लेर – सास नै बन्द गरेर पो पछि लाग्दा रान् त हँ !….”

Author

You may also like