देश–समाज मुख्य समाचार स्थानीय

स्थानीयदेखि राष्ट्रिय स्तरमा भए गरेका विभिन्न घटनासहितका सारसंक्षेप समाचार

राप्रपाले निषेधित क्षेत्रबाटै विरोध गर्ने
दमक/ राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने भएको छ। बिहीबार बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सो निर्णय गरेको जनाइएको छ । संबैधानिक राजसंस्था पुनः स्थापनाको मागसहित आफ्ना नेताहरूको रिहाइको माग राखेर राप्रपा निषेधित क्षेत्रमा प्रवेश गर्न लागेको हो । आज बसेको कार्यसम्पादन समिति बैठकले सो निर्णय गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए । उनका अनुसार वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा गरिने पनि उनले बताए ।


दमकमा आइसियु निर्माण सुरु
दमक । दमक अस्पतालमा शुक्रबारदेखि आइसियुको निर्माण कार्य थालिने भएको छ । लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५सी को करिब १ करोड ५० लाख र दमक अस्पतालको करिब ५१ लाख गरी संयुक्त सहकार्यमा यो निर्माण कार्य सुरु हुन लागेको नगरप्रमुख रामकुमार थापाले बताएका छन् । उक्त आइसियु निर्माण कार्य यही वैशाख महिना भित्र सम्पन्न भई आगामी जेठ महिनाबाट सञ्चालनमा ल्याउने गरी काम अगाडि बढाइएने पनि थापाले बताए ।


बरालले गरे कुर्सी सहयोग
दमक÷ स्वरोजगार हलुका सवारी श्रमिक संस्थाका उपाध्यक्ष गौरी बरालले बुधबार दमक ७ मा रहेको राधामाधव टोलविकास संस्थालाई २० थान प्लास्टिकका कुर्सी प्रदान गरेका छन् । पूर्व भारतीय सेना समेत रहेका बरालले आफनै टोल विकास संस्थालाई ती प्लास्टिकका कुर्सी सामाग्री प्रदान गरे । बराल हलुका सवारी यातायातको क्षेत्रमा संलग्न छन् । दमक ७ का वडा अध्यक्ष भिमप्रसाद पौडेल प्रमुख आतिथ्यता तथा टोल बासीहरुको उपस्थितिमा संक्षिप्त कार्यक्रमका बीच दाता बरालले ती सहयोगी सामाग्री हस्तान्तरण गरेका हुन् । दाता बरालले उपलव्ध गाएका ती सहयोगी सामाग्री टोल विकास संस्थाको कार्य सञ्चालनमा उपयोगी हुने वडाअध्यक्ष पौडेलले बताएका छन् ।


भारतीय पर्यटकलाई सीमापारमा सहजताको बाटो खोलि“दै
दमक । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरुका लागि सीमापार आवागमन सहज बनाउने प्रयास गरिरहको जनाएको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासमा भएको ‘नेपाल फेस्टिभल’अन्तर्गत ‘दिगो पर्यटन सुदृढीकरणः धार्मिक, सम्पदागत र साहसिक पर्यटन प्रवद्र्धन’ शीर्षकको सत्रमा बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले भारतीय पर्यटकको आवागमन सहजताका लागि भइरहेका प्रयासबारे जानकारी गराए । वरिष्ठ निर्देशक ऐरले भने, “हामीले भारतीय पर्यटकको आवागमन सहजता बनाउने प्रयास गरिरहेका छौँ ।” यसका साथै धार्मिक तथा साहसिक पर्यटनलाई समेट्ने नेपालको समग्र दीर्घकालीन दृष्टिकोण र नीतिगत सुधारका कामहरु भइरहेको उनले जानकारी दिए ।


वैदेशिक लगानीको प्रतिबद्धता
दमक । चालू आर्थिक वर्षको नौ महिनामा नेपालमा करिब ५८ अर्ब रुपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार चैत मसान्तसम्मको अवधिमा प्रमाणीकरण (स्वीकृति) प्रणालीमार्फत ५५ अर्ब ७ करोड र स्वचालित प्रणालीमार्फत २ अर्ब ८९ करोड रुपैयाँ गरी कुल ५७ अर्ब ९७ करोड ५४ लाख रुपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको हो ।
उक्त अवधिमा विभागमा ४८० उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ । तीमध्ये प्रमाणीकरण प्रणालीमार्फत २५६ उद्योगका लागि ५५ अर्ब ७ करोड ७४ लाख रुपियाँको प्रतिबद्धता आएको हो भने स्वचालित प्रणालीमार्फत २२४ उद्योगका लागि २ अर्ब ८९ करोड ७९ लाख रुपियाँ बराबरको लगानी प्रतिबद्धता जनाइएको विभागले जनाएको छ ।

गुडिरहेको गाडीमा आगलागी
दमक । मकवानपुरमा गुडिरहेको गाडीमा आगलागी भएको छ। गत राति मकवानपुरको भीमफेदी गाउँपालिका(४ निबुवाटास्थित कुलेखानी(भीमफेदी(काठमाडौं सडकखण्डमा काठमाडौंबाट हेटौडा जाँदै गरेको गाडीमा अकास्मात आगो लागेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आगलागी भएको जिजे १२ डिए ९६१८ नम्बरको भारतीय गाडी हो। आगलागीबाट मानवीय क्षति नभएको मकवापुर प्रहरीले जनाएको छ। गाडीमा भने क्षति पुगेको छ।

एन्फा पूर्वअध्यक्ष थापाको प्रतिबन्ध फुकुवा
दमक । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापामाथीको प्रतिबन्ध फुकुवा भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको १० वर्षे प्रतिबन्ध फुकुवा भएको उनले जानकारी गराएका हुन् । उनले सन् २०१५ अप्रिल १६ मा फिफाले आफूमाथि लगाएको प्रतिबन्ध यही वैशाख २ गते (अप्रिल १५) मा सकिएको प्रेस विज्ञप्तिमार्फत जनाएका छन् । जसका कारण सङ्गठित फुटबलमा संलग्नतामा प्रतिबन्ध भएका थापाले अब सबैखाले निलम्बनबाट फुकुवा भएको जानकारी गराएका हुन् ।

हरेक दिन ५२ महिलाको मृत्यु
एजेन्सी । सन् २०२३ मा करिब २.६ लाख महिलाको गर्भावस्था वा सुत्केरी हुँदा मृत्यु भएको थियो । यसको मतलब प्रत्येक दुई मिनेटमा एक महिलाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठन, युनिसेफ र विश्व बैंकजस्ता राष्ट्रसंघीय निकायको प्रतिवेदनमा यो तथ्यांक बाहिर आएको हो । भारतमा सन २०२३ मा लगभग १९ हजार महिलाको गर्भावस्था वा सुत्केरीको समयमा मृत्यु भएको देखिएको छ । यसको मतलब गर्भावस्था सम्बन्धी जटिलताको कारणले गर्दा हरेक दिन औसत ५२ महिलाको मृत्यु हुने गरेको छ ।

बम्जमलाई अदालतले दियो सफाई
दमक÷ बाल यौन दुरूपयोग मुद्दामा उच्च अदालत जनकपुरले रामबहादुर बम्जनलाई सफाइ दिएको छ । न्यायाधीशद्वय खेमराज भट्ट र नरिश्वर भण्डारीको संयुक्त इजलासले सर्लाही जिल्ला अदालतको फैसला बदर गर्दै बम्जनलाई सफाइ दिने फैसला गरेको हो ।
फैसलाको पूर्णपाठ समेत सार्वजनिक भइसकेको छ । न्यायाधीशद्वय भट्ट र भण्डारीको इजलासले गत चैत ६ गते नै रामबहादुरसँगै ज्ञानबहादुर र डिगबहादुर बम्जनलाई सफाइ दिएको हो । अदालतले सफाइ दिएसँगै उनी सिन्धुपाल्चोक कारागारबाट छुटिसकेका छन् । ‘त्यही दिन राति उच्च अदालत जनकपुरको फैसलाको पत्र प्राप्त भएको थियो । भोलिपल्ट चैत ७ गते बिहानै छाडेका थियौं,’ सिन्धुपाल्चोक कारागारका निमित्त निमित्त कारागार प्रमुख निरजराम दनईले भने । बम्जन सिन्धुपाल्चोकमा आश्रम चलाउँथे ।


श्रीमानद्वारा सुपारी दिएर श्रीमतिको हत्या
इटहरी/ सुनसरीको इटहरीस्थित हलगडामा डेरा गरी बस्ने चुनुकुमारी दाहाल बुढाथोकीको हत्या श्रीमानको योजना बमोजिम भएको खुलेको छ । धरानको जंगलमा अर्धनग्न अवस्थामा भेटिएकी ३४ वर्षीया चुनुकुमारीको हत्या उनकै श्रीमान प्रेम दाहालको योजनामा भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार श्रीमान् प्रेम दाहालले आफ्नी श्रीमतीको हत्याका लागि भारु पाँच लाखको सुपारी दिएका प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
सुनसरीको धरान उपमहानगरपालिका ६ स्थित पञ्चकन्या सामुदायिक वनमा गत सोमबार दिउँसो गोठालाहरूले लसुनेको रुखमुनि अर्धनग्न अवस्थामा महिलाको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि सुनसरी प्रहरी र प्रदेश प्रहरी कार्यालय विराटनगरले संयुक्त रूपमा अनुसन्धान थालेका थिए ।

वैदेशिक लगानीको प्रतिबद्धता
दमक । चालू आर्थिक वर्षको नौ महिनामा नेपालमा करिब ५८ अर्ब रुपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार चैत मसान्तसम्मको अवधिमा प्रमाणीकरण (स्वीकृति) प्रणालीमार्फत ५५ अर्ब ७ करोड र स्वचालित प्रणालीमार्फत २ अर्ब ८९ करोड रुपैयाँ गरी कुल ५७ अर्ब ९७ करोड ५४ लाख रुपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको हो ।
उक्त अवधिमा विभागमा ४८० उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ । तीमध्ये प्रमाणीकरण प्रणालीमार्फत २५६ उद्योगका लागि ५५ अर्ब ७ करोड ७४ लाख रुपियाँको प्रतिबद्धता आएको हो भने स्वचालित प्रणालीमार्फत २२४ उद्योगका लागि २ अर्ब ८९ करोड ७९ लाख रुपियाँ बराबरको लगानी प्रतिबद्धता जनाइएको विभागले जनाएको छ ।

गुडिरहेको गाडीमा आगलागी
दमक । मकवानपुरमा गुडिरहेको गाडीमा आगलागी भएको छ। गत राति मकवानपुरको भीमफेदी गाउँपालिका(४ निबुवाटास्थित कुलेखानी(भीमफेदी(काठमाडौं सडकखण्डमा काठमाडौंबाट हेटौडा जाँदै गरेको गाडीमा अकास्मात आगो लागेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आगलागी भएको जिजे १२ डिए ९६१८ नम्बरको भारतीय गाडी हो। आगलागीबाट मानवीय क्षति नभएको मकवापुर प्रहरीले जनाएको छ। गाडीमा भने क्षति पुगेको छ।

एन्फा पूर्वअध्यक्ष थापाको प्रतिबन्ध फुकुवा
दमक । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापामाथीको प्रतिबन्ध फुकुवा भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको १० वर्षे प्रतिबन्ध फुकुवा भएको उनले जानकारी गराएका हुन् । उनले सन् २०१५ अप्रिल १६ मा फिफाले आफूमाथि लगाएको प्रतिबन्ध यही वैशाख २ गते (अप्रिल १५) मा सकिएको प्रेस विज्ञप्तिमार्फत जनाएका छन् । जसका कारण सङ्गठित फुटबलमा संलग्नतामा प्रतिबन्ध भएका थापाले अब सबैखाले निलम्बनबाट फुकुवा भएको जानकारी गराएका हुन् ।

हरेक दिन ५२ महिलाको मृत्यु
एजेन्सी । सन् २०२३ मा करिब २.६ लाख महिलाको गर्भावस्था वा सुत्केरी हुँदा मृत्यु भएको थियो । यसको मतलब प्रत्येक दुई मिनेटमा एक महिलाको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठन, युनिसेफ र विश्व बैंकजस्ता राष्ट्रसंघीय निकायको प्रतिवेदनमा यो तथ्यांक बाहिर आएको हो । भारतमा सन २०२३ मा लगभग १९ हजार महिलाको गर्भावस्था वा सुत्केरीको समयमा मृत्यु भएको देखिएको छ । यसको मतलब गर्भावस्था सम्बन्धी जटिलताको कारणले गर्दा हरेक दिन औसत ५२ महिलाको मृत्यु हुने गरेको छ ।

Author

You may also like