हरेक वर्ष झै यस वर्ष पनि भाइचारा, एकता र सद्भाव लिएर सांस्कृतिक पर्व विजया दशमी नजिकिएको छ । हाम्रा आ–आफ्ना आर्थिक हैसियत र आर्थिक उपार्जनका आधारमा हामीहरु दशैंलाई हर्षोल्लाष बनाउने गरिँदै आएका छौं । अहिले परिस्थिति अनुकूल त छैन तर पनि हामीले हाम्रा पुरातन संस्कार र संस्कृतिलाई जगेर्ना गर्दै उत्थानमा लाग्नु नै पर्दछ । आ–आफ्ना संस्कार र संस्कृति अनुसारले दशैंलाई विभिन्न जातजातिहरुले आ–आफ्नै ढंगबाट मनाउने गरेका छन् ।
कोरोनाको प्रकोप आएदेखि यता नेपालीहरु निकै कठिन परिस्थितिबाट गुज्रदै आएकै हुन् । सीमित स्रोत र साधनलाई मितव्ययी भएर खर्च गर्न कोरोनाकालले सिकाएकै राम्रो पक्ष पनि हो । भर्खरै मात्र परेको अविरल वर्षाले नेपालका गाउँघर रुवाएका छन् । मानिसहरुको रोजीरोटी, गाँस, बास र कपास खोजिएको अवस्थामा आएको यो दशैं सबैका लागि शुभ रहोस् । तमाम दुःख र कष्ट हरण होस् । बेरोजगार बनेका, गाँस, बास र कपास खोसिएका सबैले देशमा सरकार भएको, मानवियता रहेको र सहयोगी भाव नहराएको भन्ने अनुभूति दिन सकोस् ।
यस्तै यस्तै अवस्थाको स्वागत गर्दै भित्रिएको नेपालीको पवित्र र ठूलो पर्व दशैं यही अवस्थामा यो वर्षको बडा दशैं पर्वले सञ्चार जगतलाई सहिमार्गमा हिंडाउन सक्ने क्षमताको विकास गरोस् ।
विभिन्न आरोह अवरोह, चुनौति र सम्भावनाकावीच पूर्वसन्देश दैनिक पनि यहाँसम्म आइपुगेको छ । पाठकहरुको अदभुत माया र विज्ञापनदाताहरुको आशा, अपेक्षा र भरोसाले यहाँसम्म डो¥याउनु हुने तमाम पाठकवर्ग, विज्ञापन दाता, शुभेच्छुक तथा शुभचिन्तकहरुमा धन्यवादसहित आउँदै गरेका दशैं, तिहार, छठ तथा नेपालसम्बत् लगायत अन्य धेरै पर्वले यहाँको व्यक्तिगत, पारिवारिक र व्यवसायिक स्तर माथि उठाउन सकोस् । देश तथा विदेशमा रहनु भएका समस्त नेपालीहरुमा सुख, शान्ति र समृद्धि तथा सुस्वास्थ्य, दीर्घांयु, उन्नति र प्रगतिका लागि पूर्व सन्देश दैनिक हार्दिक शुभकामना व्यक्त गर्दछ ।
यस सञ्चारगृहप्रति खेल्नु भएको महत्वपूर्ण भूमिकाको स्मरणसहित उच्च कदर गदै आउँदा दिनमा समेत यहाँको अपार माया, सद्भाव, सहानुभूति, साथ, सहयोगका माध्यमबाट सोही भूमिका निभाउनु हुनेछ भन्ने आशा र विश्वास समेत राखेका छौं । त्यो यहाँहरु र हामीबीचको सम्बन्ध स्थापित गर्न अझ प्रभावकारी बन्दै झांगियोस् भन्ने शुभकामना पनि व्यक्त गर्दछौं ।