विगत वर्ष झै यस वर्ष पनि पटक पटक अविरल वर्षाको सामना नेपाली जनताले गरिरहनु परेको छ । जेठको अन्तिम साताबाट आएको अविरल वर्षाबाट सैयौं मानिसको ज्यान मात्र गएर अरबौंको क्षति पु¥याएर गयो । त्यसपछि बढेको गर्मीको सामना गर्दा गर्दै गत बुधबारदेखि अचानक परेको अविरल वर्षाले ठूलो क्षति पु¥याउने क्रम जारी रहेको छ । यस पटक यो सम्पादकीय लेख्दासम्म काठमाडौं उपत्यकामा बढी क्षति पु¥याए पनि कोशी प्रदेश पनि त्यसबाट अछुतो रहन सकेन् । निरन्तर पानी परिरहेको र विभिन्न ठाउँमा मानिसहरु हराउने, बगाउने र पहिरोमा पुरिने क्रमले मानविय क्षति धेरै हुन सक्ने पानीको निरन्तरताले देखाइरहेको छ ।
कोशी ब्यारेजमा पानीको वहाव धेरै भएपछि त्यहाँ पैदलयात्रीलाई समेत आवतजावतमा रोक लगाइएको छ भने यता कोशी प्रदेशमा मात्र मृत्यु हुनेको संख्या यो सम्पादकीय तयार पर्दाको समयसम्ममा ५ जनाको ज्यान गएको र ९ जना बेपत्ता भएको कोशी प्रहरी प्रवक्ता एसएसपी भिम दाहालले बताएका छन् ।
हालसम्म देशभरबाट २१ जनाको ज्यान गईसकेको छ भने सैयौ बेपत्ता र घाइते भएका छन् । पानी परिरहेको र बाढी तथा पहिरो नरोकिएको कारणले कतिपय स्थानमा उद्दारमा कठिनाई आएको छ । हजारौँ घर विस्थापित हुने अवस्था छ । कति मानिसहरु सहयोग मागिरहेका छन् । सरकारले उद्दारका लागि हवाई साधनलाई बढी प्रयोग गर्नुपर्ने पनि देखिन्छ । तराई–मधेसमा डुबानको समस्या बढ्दो छ, अन्नबाली सखाप भएका छन् । प्राकृतिक विपदालाई कसैले रोक्न–छेक्न सक्दैन, तर यसको असर न्यून भने पार्न सकिन्छ। विशेषगरी पहाडी जिल्लाका विकट गाउँ बाढी पहिरोको चपेटामा परेका छन् । यो वर्षको मनसुन सुरु भएपछि सोमबार सबैभन्दा ठूलो र फराकिलो वर्षा भएको मौसम पूर्वानुमान शाखाले बताएको छ। यो प्राकृतिक विपत्तिमा पुरै देश परेको छ । सरकार र सम्बन्धित निकायहरु विपत्तिको संवेदनशिलतालाई ध्यानमा राखेर उद्दारमा लाग्नुपर्ने देखिन्छ ।
प्राकृतिक विपत्तिको चपेटामा नेपाल परेको आज होइन । मानव बस्ति बढ्न सुरु भएदेखि नै यसको समस्या नेपालीले झेल्दै आएका छन् । वास्तवमा मानव बस्तिलाई व्यवस्थापन गर्न नसक्दा र दिर्घकालिन योजनाका साथ काम गर्न नसक्दाको परिणाम नै नेपालमा बाढी पहिरोका कारणले धेरै जनधनको क्षति भईरहेको छ । अझै पनि यसलाई बुझेर काम गर्न सकिएन भने यसको अर्को समाधान खोज्न निकै कठिन पर्नेछ ।
सहर तथा सुगम स्थानमा मात्र होइन सबैतिर अव्यवस्थित बस्ती अनियन्त्रित ढंगमा बढिरहेको छ। पहाडका टुप्पा, नदीको आसपास, कमलो माटोको किनारजस्ता स्थानमा मानवबस्ती अधिक रहेको छ। यसकारण पनि सानै झरीमा बाढी–पहिरोको प्रकोप हुने गर्छ। साना नदी तथा खोल्साले नै घरखेत बगाउन सक्छ। सरकारले जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान तथा बाढी पूर्वानुमान शाखासमेतको व्यवस्था गरेको छ। अहिले नेपालका कतिपय स्थानमा मनसुन केन्द्रित भएको बताइएको छ। सम्बद्ध सरकारी निकायले कम्तीमा पनि बाढी–पहिरोको उच्च जोखिमयुक्त क्षेत्रका बासिन्दालाई बेलैमा जानकारी दिन सक्दा र सुरक्षित स्थानतर्फ लैजान सकेको भए सम्भवतः त्यति धेरै क्षति हुने थिएन । हिमपहिरो, हिमताल विस्फोट, चट्याङ, चिसो हावा तथा अन्य महामारीजस्ता प्रकोपहरू सामना गर्नुपर्ने भूगोलमा हामी बसेका छौँ। बाढी–पहिरोको जोखिमको मात्र कुरा गर्दा ३० आँै जोखिमयुक्त स्थानमा हाम्रो बसोबास छ। जस्तो भूगोल छ त्यसैअनुसारको बसोबास गर्ने, त्यसैअनुसार भौतिक पूर्वाधार विकास गर्ने काम गर्न सक्नुपर्छ। घटना भैसकेपछि राहत र उद्धारमा लागिपर्ने, क्षणिक संवेदनशीलता दर्शाउने र त्यसपछि बिर्सने, जिम्मेवारीबाट पन्छने तथा पीडितका नाममा राजनीति गर्ने संस्कार बढ्दो छ।
अविरल वर्षा अझै नरोकिएको र अझै क्षति हुने हुँदा संवेदनशिल क्षेत्रबाट बस्ति स्थानान्तरण गरेर गर्न पर्ने पहिलो दायित्व रहन्छ ।
बाढी–पहिरोबाट घाइतेको उपचारका निम्ति स्वास्थ्यसंस्थाहरूमा पर्याप्त स्वास्थ्यकर्मी तथा औषधिको जोहो हुन सकेको छैन। यही कारण पनि ज्यान गुमाउनेको संख्या बढेको छ। औषधोपचारको यथोचित व्यवस्थापन गरेर उद्दार, राहत र पुनस्र्थापनालाई ध्यान पु¥याउन जरुरी देखिन्छ ।
