जीवनलाई उज्यालो तर्फ डोहो¥र्याउने शिक्षा हो । शिक्षा नभएको ब्यक्तिले कुनैपनि राम्रा कामहरू गर्न सक्दैन । आज शिक्षा प्राप्त गरेका ब्यक्तिहरुले सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक, धार्मिक क्षेत्रमा आशातित प्रगति गरेका छन । यदी शिक्षा भएन भने त्यो मान्छेले समाजमा राम्रो काम र सही निर्णय गर्नै सक्दैन । यही भएर शिक्षा भनेको जीवनको आलोक हो । शिक्षा मानिसलाई बाटो देखाउने सत्मार्ग हो । कुनै विषयमा ज्ञान लिनु या दिनुलाई शिक्षा भनिन्छ । शिक्षा ग्रहण गर्नका लागि कुनै उमेर, जात, लिङ्ग, धर्म, संस्कारले छेक्दैन । मानिसले कोक्रोदेखि चिहानसम्म शिक्षा हासिल गरिरहेको हुन्छ । पूर्णरुपले कसैले कहिलेपनि शिक्षा गरेको हुँदैन । शिक्षककै कारणले यो संसार छ । यदी शिक्षा नभएको भए यो संसार अन्धकारभित्र गुन्जिथ्यो । शिक्षा भन्ने बित्तिकै स्कुल, क्याम्पस आदिमा र घरमैपनि नियमित रुपले अध्ययन गर्ने गराउने वा पढेको बन्दोबस्त मिलाउने काम भन्ने बुझिन्छ । सिकेर, पढेर, सुनेर वा अन्य कुनैपनि प्रकारले ग्रहण गरिने सैद्धान्तिक तथा व्यवहारिक विषयको बोध वा ज्ञान पनि शिक्षानै हो । शिक्षा मानव जीवनको आभूषण वा गहना हो । यसले समाजमा मानिसको इज्जत् र मान–प्रतिष्ठा बढाउछ । शिक्षानै हरेक किसिमका उन्नतिको मूहान भएकोले यसैबाट ब्यक्ति, समाज, राष्ट्र र विश्वको उन्नति हुन सक्छ । आजको भौतिक सुविधाले सम्पन्न युगको निर्माण शिक्षाकै कारणले भएको हो । शिक्षा भन्ने साथ सामान्य अर्थमा स्तरीय जीवनयापनका लागि चाहिने गुणस्तरीय सीप र ज्ञान भन्ने बुझिन्छ । वर्तमानमा त्यो जीवनोपयोगी शिक्षालाई प्राविधिक शिक्षा पनि भन्ने चलन अझै व्यापक हुँदै गएको छ । व्यवहारिक, व्यवसायिक र सीपमूलक शिक्षा दिनुनै वर्तमानको आवश्यकता हो । यो कुराभित्र नैतिक शिक्षा र पक्षिमा शैलीले छोपेको नेपालमा गाउँ–गाउँमा प्राविधिक शिक्षालय पनि खुल्दै गएका छन । शिक्षाको मापन डिग्रीका लागि मात्रै ठानियो भने त्यसले व्यवहारिक पक्षलाई उच्चतम् विन्दुमा पु¥र्याउन सक्दैन । जुनसुकै काम गर्दापनि सफलतालाई भेटन गुणस्तर शिक्षाकै आवश्यकता पर्दछ । देशभित्र रोजगारी नपाएका युवा खाडी मुलूकमा जाँदा चर्को मूल्य तिरेरपनि न्यून पारिश्रमिकमा श्रम बेच्न बाध्य भएका दृष्टान्त पनि आवश्यक सीप र स्तरीय ज्ञानको कमीले गर्दा हो । अनुत्पादक शिक्षालाई व्यवहारिक र उन्नत बनाउन नेपाल सरकारले प्राविधिक शिक्षालाई जोड दिनु पनि यसैको कारण हो । आज पुरातनवादी शिक्षाका कारण हामी पछाडि परिरहेका छौ । अहिलेपनि वुर्जूवा शिक्षाकै रटानमा हामी पढिरहेका छौँ । राजनीतिका अनुत्पादक कुरा गरेर महत्वपूर्ण समय हामी आफैले खर्चिरहेका छौँ । आफ्नो व्यवसाय गरेर खाने संस्कृतिको विकास गर्नपनि प्राविधिक शिक्षा अपरिहार्य छ । प्राविधिक ज्ञान भएका कोहिपनि मानिस बेरोजगार भएर बस्नु परेको छैन । विज्ञानका साथै प्रविधिबाट उत्पादन र उत्पादकत्व वृद्धि गरेर मानवीय भौतिक सुबिधा अभिबृद्दि गर्न एवम् भौतिक तथा सामाजिक आवश्यकताहरु परिपूर्ति गर्ने शिक्षालाई प्राविधिक शिक्षा भनिन्छ ्र वास्तवमा सीपमूलक, व्यवसायिक र व्यवहारिक शिक्षानै प्राविधिक शिक्षा हो । प्राविधिक शिक्षा र उत्पादनमुखी शिक्षा नभएकै कारण हाम्रो देश विकासमा पछाडि परेको भन्ने गरिएको छ । प्राविधिक ज्ञान भएकाहरु कोहीपनि बेरोजगार बन्दैन । प्राविधिक शिक्षाको आवश्यकतालाई जति महत्व दिइएको छ, भएका प्राविधिक शिक्षा र शिक्षालयहरुको गुणस्तरीयता र प्रभावकारितामा पर्याप्त ध्यान पुग्न भने सकेको छैन । राजनीतिक खिचातानी र सरकार बनाउने र ढाल्ने खेलले गर्दा शैक्षिक क्षेत्र तहसनहस छ । सरकारले प्राविधिक शिक्षाको विकासका लागि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को स्थापनासमेत गरेको छ । सीप विकास तालिम केन्द्र नामको सरकारी कार्यालय पनि प्राविधिक शिक्षा र तालिमको लागि कृयाशील छ । विभिन्न विश्वविद्यालयले स्वास्थ्य, इन्जिनियरिङ्ग, वन, कृषि , पशु, कम्प्युटर बिज्ञानसँग सम्बन्धित थुप्रै विषयका स्नातक र स्नातकोत्तरका विषयहरु अध्यापन गराइरहेको छ । स्थानीय तहले आफ्नो क्षेत्रको आवश्यकता बमोजिम शिक्षाको व्यवस्थापन गर्दै प्राविधिक शिक्षामा जोड दिनुपर्ने भएपनि त्यसो हुन सकेको छैन । सामुदायिक विद्यालयको शैक्षिक सुधार तथा प्राविधिक र व्यवसायिक शिक्षाको विकास र विस्तारमा अधिकांश स्थानीय तहले प्रभावकारी ठोस् कार्यक्रम अहिलेसम्म ल्याउन नसक्नु एउटा बिडम्बनानै हो । आज प्राबिधिक बिषय नपढेर अन्य बिषय पढेका जनशक्तिहरु सिरानीमा सर्टिफिकेट राखेर घरमै बस्नुपरेको अवस्था छ । राज्यले प्राविधिक धारलाई एउटा प्रमुख प्राथमिकतामा राखेर संघ, प्रदेशमा प्राविधिक शिक्षालय खोल्न सकेको भए लाखौ लाख जनशक्ति विदेश पलायन हुने अवस्था सिर्जना हुने थिएन । पढाईसकेपछि जीविकोपार्जन हुने शिक्षा आजको आवश्यकता भएपनि राजनीतिक फोहोरी खेलले त्योपनि हुन दिएन । पढाई अनुसारको रोजगारी पाउने र आफ्नो अनि परिवारको आर्थिक उन्नति हुने खालको प्राविधिक शिक्षामा जोड दिन आवश्यक भएपनि कुनैपनि सरकारले यस बिषयमा जनचासो लिएन । प्राविधिक शिक्षाले विद्यार्थीको क्षमता अभिवृद्धि मात्र गरेको छैन यसले रोजगारीको अवसरहरु समेत सिर्जना गरिदिएको छ । साथै सीप सिकेका मानिसहरूलाई सिर्जनशील बन्न समेत उत्तिकै मद्दत पु¥र्याइरहेको छ । मुलूकमा बढ्दो बेरोजगारीका कारण विद्यार्थीहरुको आकर्षण पनि प्राविधिक तथा व्यवसायिक शिक्षा तर्फनै बढेको छ । शिक्षामा लगानी गर्न सक्ने सामथ्र्य भएका मध्यमवर्गीय परिवारका विद्यार्थीहरुको आकर्षण प्राविधिक शिक्षातर्फ बढिरहँदा राज्यले प्राविधिक शिक्षाको लागि अझै एकीकृत योजना तर्जमा गर्न सकेको छैन । प्राविधिक शिक्षाको बढ्दो मागलाई दृष्टिगत गरी ठूल्ठूला प्राविधिक शिक्षालयको स्थापना गर्नेतर्फ राज्यले योजना बनाउन सक्नुपर्छ तर बिडम्बना यो छ कि अहिलेसम्म बनेको सरकारले कुनै काम गर्न सकेन । स्वभाविक हिसाबले शिक्षा विकासको पहिलो खुड्किलो समेत भएकोले यसको समय सापेक्ष विकास बिना राज्यको सर्वाङ्गिण विकास पक्कैनै असम्भव प्राय ः छ । सिकेको सीपलाई व्यवहारिक ज्ञानको रूपमा जीवन पर्यन्त आफ्नो पेशा र रोजगारीको सिलसिलामा प्रयोग गर्न तथा प्राविधिक र व्यवसायिक शिक्षाको माध्यमबाट मुलूकमा सम्भावनाका ढोका खोल्नका लागि हामी चुकिसकेका छौँ । शिक्षा क्षेत्रमा व्यापक भ्रष्टीकरण बढ्दो छ, शैक्षिक बिचौलियाहरुको बिगबिगी बढ्दो छ । अबका दिनमा महिनै पिच्छे र बर्षै पिच्छे बन्ने सरकारले बनाएको शैक्षिक नीति तथा कार्यक्रम शिक्षाको सरोकारवालाहरुको बृहत भेलाले बनाउने हो कि दलीय सिण्डिकेटको आधारमा बन्ने हो ? यो पनि गम्भीर बिषयको रूपमा बहस हुनु जरुरी छ । आगामी दिनमा प्राविधिक शिक्षाको ब्यापकतालाई अझ वृद्धि गरी प्रयोगात्मक गुणस्तरीय र रोजगार उन्मूख बनाउनका निम्ति प्राविधिक शिक्षानै आजको आवश्यकता बन्न सकोस ।
