पालिका गतिविधि स्थानीय

कमलको प्रमुख प्रशासकिय अधिकृतमा ढकाल

१० साउन, दमक । झापाको कमल गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा केशवकुमार ढकाल आएका छन् ।

उनी इलामको चुलाचुली गाउँपालिकाबाट कमल आएका हुन् । कमलका प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्य भने चुलाचुली सरुवा भै गएका छन् ।

यसैबीच ढकालले बुधबारदेखि नै पालिका पुगेर आफ्नो कार्यभार सम्हालेका छन् । उनलाई पालिका अध्यक्ष हुकुमसिङ्ह राई,उपाध्यक्ष प्रमिला नेउपाने तिवारी ,कर्मचारीहरुले स्वागत गरेका थिए । स्वागत तथा सम्मान ग्रहण गर्दै प्रमुख प्रशासकिय अधिकृत ढकालले कमल गाउँपालिकाको हितको निम्ति कर्तव्य निष्ठ भएर कार्यसम्पादन गर्ने प्रतिबद्धता जनाए ।

Author

You may also like