मुख्य स्थानीय

एसियन हाईवेको कमलमा शिलान्यास

१० जेठ, दमक । पूर्वपश्चिम मुख्य सडकलाई एशियनस्तरको सडक निर्माण गर्ने योजना अघि बढाउनेक्रममा बुधबार झापाको कमलमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक शिलान्यास गरेका छन् ।

नेपालकै गौरवको आयोजनाको रुपमा रहेको सडकलाई छ लेनको बनाउने कार्यको कमल ५ पाडाजुंगीमा शिलान्यास गर्दै नेकपा एमालेका अध्यक्ष समेत रहेका पूर्व प्रम ओलीले आफ्नो कार्यकालमा यसखाले महत्वपूर्ण योजनाहरु निर्णय गरेर अघि सारिएको सुनाए । उनले सडकको स्तरोन्नतिले मुलुकको विकास तथा अन्तर्राष्ट्रिस्तरमा व्यापार प्रवद्र्धनमा सघाउने जनाए ।
कार्यक्रममा पूर्व प्रम ओलीका साथमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठ पनि सहभागि भए । मन्त्री महासेठले अव सडकको निर्माण कार्य अझ द्रुत गतिमा अघि बढने छ । यसबाट नेपाललाई ६ लेनको सडक यूगमा प्रवेश गरेको बताए ।

काँकडभिट्टादेखि सुनसरीको लौकही खण्डको कुल लम्बाई १२० किलोमिटर भए पनि अहिले ९५.७६ किलोमिटर सडकको स्तरोन्त्तीको शिलान्यास भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले सडक कस्तो बन्ने भन्ने बारेमा जानकारी गराएका छन् ।

उनले सडक निर्माणका लागि कुल ३६२.४७ मिलियन अमेरिकी डलर खर्च हुने जनाए । यस मध्ये ३ सय मिलियिन डलर विश्व वैंक (एडीवी) ले ऋण लगानी गरेको छ भने बाँकी ६२.४७ मिलियन डलर नेपाल सरकारको लगानी छ । कार्यक्रममा एडीवीका कन्ट्री डाइरेक्टर आर्नो कुस्वा समेत सहभागि थिए । .

यो सडक निर्माणले नेपालको व्यापारलाई एसियाका बिभिन्न देशहरुमा जोड्न सहज हुने विश्वास गरिएको छ ।

यो सडक ३ वर्ष भित्रमा बनिसक्ने सम्झौता छ । यसका लागि तीन प्याकेजको ठेक्का लागेको छ । ३ सय मिटर भन्दा लामा पुलहरुलाई दुईवटा प्याकेजमा ठेक्का लगाइएको छ । पहिलो प्याकेजमा निन्दा, बिरिङ, कन्काई पुल गरी तीन वटा रहेका छन् भने दोस्रो प्याकेजमा रतुवा, बक्राहा र लोहेन्द्रा पुल रहेका छन् । सबै ठेक्काको निर्माण अवधि ३ वर्षको रहेको र थप ६ वर्ष मर्मत सम्भार कार्य राखिएको पनि जनाइएको छ । सडक अन्तरािष्ट्रयस्तरको बन्नेछ ।

सो सडक खण्डमा साना ठूला गरी ५२ वटा पुल बन्ने छन् भने २ सय ८९ वटा कल्भर्ट निर्माण हुने छन् । यसै गरी दमक, उर्लाबारी र बिराटचोक गरी तीन टाउँमा तीन वटा आकाशे पुल निर्माण हुने छन् भने बिभिन्न ठाउँमा १८ वटा पैदल यात्रीकालागी अण्डर पास समेत बन्ने छन् । साथै चारआली सडकखण्डको १२ ठाउँमा पशु क्रसिङ पनि राखिने जनाइएको छ ।

You may also like