समाचार स्थानीय

बाह्रदशी जेसीजको पद हस्तान्तरण

बाह्रदशी, १५ माघ । झापाको बाह्रदशी जेसीजको पद हस्तान्तरण सम्पन्न भएको छ । वर्ष २०२३ का अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले वर्ष २०२४ का अध्यक्ष खगेन्द्र सुवेदीलाई जेसीज चेन पहिर्याएर पद हस्तान्तरण गरिएको हो ।

बाह्रदशी गाउँपालिका अध्यक्ष देविन्द्रप्रसाद चम्लागाईको प्रमुख आतिथ्यतामा बाह्रदशी गाउँपालिकामा रहेको ज्येष्ठ नागरिक भवनमा आयोजित कार्यक्रममा पद हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा नेपाल जेसीज वर्ष २०२४ का निरुपित क्षेत्र “क” उपाध्यक्ष बहादुर तामाङ, नेकपा एमालेका झापा क्षेत्र नम्बर ३ का इञ्चार्ज लक्ष्मण पाठक, नेपाल रेडक्रस सोसाईटी कोशी प्रदेशका कोषाध्यक्ष ओमप्रकाश गौतम, प्याव्सन झापाका बरिष्ठ उपाध्यक्ष छत्रबहादुर कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

बाह्रदशी जेसीज वर्ष २०२३ का अध्यक्ष उप्रेतीले उत्कृष्ट संयोजकमा रुपमा राजु अधिकारी, उत्कृष्ट कार्य सम्पादनमा नवीनकुमार त्रिताल, उत्कृष्ट वोर्ड मेम्वर सदीक्षा खड्का र उत्कृष्ट जेसीज वर्ष उत्कृष्टमा खगेन्द्र सुवेदीलाई सम्मान गरेका थिए ।

अध्यक्ष उप्रेतीले बाह्रदशी जेसीजले वर्ष २०२३ मा गरेका एक वर्षे कार्यकालको कार्य विवरण श्रव्य दृष्य सामग्री सहित प्रस्तुत गरेका थिए । उनले एक वर्षभित्र ६४ वटा कार्यक्रम गर्न सफल भएको वताए । बाह्रदशी जेसीजका लागि जग्गा व्यवस्थापन देखि लिएर विपन्न विद्यार्थीको अभिभावकत्व ग्रहण गर्ने कार्यक्रमलाई अघि बढाएको र त्यसलाई निरन्तरता दिन वर्ष २०२४ का अध्यक्षलाई आग्रह समेत गरे । बाह्रदशी जेसीजले आफ्ना कार्यक्रममार्फत बाह्रदशीको समग्र विकाश र समृद्धिका लागि सहयोगी भूमिका निर्वाह गरेको उप्रेतीको भनाइ छ ।

यसैवीच, वर्ष २०२४ का अध्यक्ष सुवेदीले अध्यक्षता ग्रहण गर्दै बाह्रदशी जेसीजको गरिमालाई उच्च राख्न आफू लागिपर्ने प्रतिवद्धता जनाए । उनले जेसीजको विधान अनुसार संस्थालाई चलायमान बनाउने बताए ।

अध्यक्ष सुवेदी सहित कार्यकारीणी उपाध्यक्ष नवीनकुमार त्रिताल र सदीक्षा खड्का, उपाध्यक्ष अर्जुन महतारा, पुष्प भट्टराई, राजु अधिकारी, डिककुमार कटुवाल निर्वाचित भएका थिए । अध्यक्ष सुवेदीले कानूनी सल्लाहकारमा नवराज दाहाल, महासचिवमा संजय शाह, कोषाध्यक्षमा तिर्थप्रसाद काफ्ले, जनसम्पर्क अधिकारीमा प्रकाश फूयाँल, सह–सचिवमा विश्वास गौतम, तालिम संयोजकमा आयुष्मा प्रसाई, सदस्य वृद्धि संयोजकमा विमला सुवेदी, युवा तथा वातावरण संयोजकमा भिष्म प्रसाई, स्वास्थ्य संयोजकमा सविना सिलवाल, खेलकुद संयोजकमा तिर्थराज कोइराला, प्रकरण संयोजकमा गोपाल उप्रेती, शिक्षा संयोजकमा गोकुल घिमिरेलाई मनोनित गरेका छन् । त्यस्तै, महिला उत्थान संयोजकमा इन्दिरा चम्लागाई, सूचना तथा संचार संयोजकमा दिपजन चम्लागाई, संस्कृति संयोजकमा तुलसी खरेल, अतिथि सत्कार संयोजकमा विज्ञान बस्नेतलाई मनोनयन गरिएको घोषणा गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष चम्लागाईले बाह्रदशी जेसीजले वर्ष २०२३ मा उत्कृष्ट र रचनात्मक कार्य गरेको बताउदै बाह्रदशी गाउँपालिका जेसीजसँग हातेमालो गरेर अघि वढ्ने उद्घोष गरे । उनले गाउँपालिकाले आगामी दिनमा पनि सहयोग पु¥याउने प्रतिवद्धता समेत जनाए ।

Author

You may also like