समाचार

फोटो तथा भिडियो व्यवसायी संगठित

दमक, २९ पुस। झापाका फोटो तथा भिडियो ब्यवसायीहरुको भेलाले व्यवसायिक हकहितका लागि कार्यसमिति गठन गरेका छन् । मोरङको पथरी शनिश्चरेस्थित भुल्के सिमसारमा भएको वनभोजसहितको भेलाले दमकका फोटो भिडियो ब्यवसायी लक्ष्मीकुमार श्रेष्ठको अध्यक्षतामा जिल्ला कार्यसमिति गठन गरेको हो ।
सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा वीरेन्द्र तिवारी र पुजन खवास (पदम) ,सचिवमा सविन चाम्लिङ, सहसचिवमा देवेन्द्र खरेल र कोषध्यक्षमा राजेन्द्रप्रसाद वस्ती चयन भएका छन् । सदस्यहरुमा सुशिला ढुङ्गाना, लोकेन्द्र अधिकारी, लिला कटेल, आकृति गुरुङ र प्रवेश भट्टराई चयन भएको दमकका व्यवसायी विदुर भण्डारीले बताए ।
यसअघिसम्म फोटो भिडियो व्यवसायी संघ माईपश्चिम समिति रहेकोमा सो भेलाले झापा भरिका व्यवसायीहरुलाई समेटेर माईपश्चिम समितिलाई जिल्लामा गाभेर जिल्ला तदर्थ समिति गठन गरिएको उनले जनाए । भेलाले फोटो महल दमकका सञ्चालक विनोद भण्डारीको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । सल्लाहकार समितिको सदस्यहरुमा कमल पाण्डे, हरि बोहोरा, रिना सुवेदी र राजेन्द्र दाहाल रहेका छन् ।
नवगठित समितिले चाँडै जिल्ला प्रशासन कार्यालय झापामा संस्था दर्ता गरि गतिविधिहरुलाई तीव्रता दिने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले प्रतिवद्धता ब्यक्त गरे ।

You may also like