समाचार

इन्द्रेणीताललाई बेञ्च सहयोग

दमक, २९ पुस। दमक १० मा रहेको पर्यटकीय सिमसार क्षेत्र इन्द्रेणी तालमा दाताले बेञ्च सहयोग गरेका छन् । दमक ९ निवासी पूर्व शिक्षिका दुर्गा काफ्लेले आफ्ना स्वर्गीय श्रीमान मुकुन्दप्रसाद उपाध्याय काफ्लेको स्मृतिमा शनिबार तीन थान फलामका बेञ्च हस्तान्तरण गरेकी छन् । सो सामग्री ताल व्यवस्थापन समितिका अध्यक्ष घनश्याम खनाललाई काफ्लेले हस्तान्तरण गरेकी हुन् । दुर्गाले ताल परिसरमा २ थान र नजिकैको राधा कृष्ण मन्दिरलाई पनि एक थान फलामे बेञ्च उपलब्ध गराएकी हुन् ।
पूर्व शिक्षिका समेत रहेकी काफ्लेले आफ्ना स्वर्गीय पितृहरुको स्मृतिमा आगामी दिनमा पनि यस ताल क्षेत्रको विकासकालागि आफुले सक्दो सहयोग गर्ने जनाएकी छन् । यसअघि पनि दमक १० का स्वर्गीय ज्ञानबहादुर राईको स्मृतिमा उनका परिवारले २ थान फलामे बेञ्च ताल समितिलाई प्रदान गरेका थिए ।
यसैगरी सोही अवसरमा आफ्ना स्वर्गीय ज्वाई जनार्दन पौडेलको स्मृतिमा माधव भट्टराई र मेनुका भट्टराईले पनि राधाकृष्ण मन्दिरलाई एक थान फलामे बेञ्च प्रदान गरिएका छन् ।

Author

You may also like