दमक, १२ असोज –
नेपाल औषधि व्यवसायी संघ (एनसीडीए) झापाको अध्यक्ष र सचिव बाहेक अन्य पदमा निर्विरोध चयन भएको छ ।
जसको बरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद अधिकारी, खुद्रा उपाध्यक्षमा राकेश शाह, थोक उपाध्यक्षमा विवेक बजगाईं सर्वसम्मत भएका हुन् । त्यस्तै, महासचिवमा विष्णुप्रसाद पौडेल, कोषाध्यक्षमा युवराज भट्टराई र उपकोषाध्यक्षमा लक्ष्मी पौडेल सर्वसम्मत भएका छन् ।
थोक सदस्यमा विप्लव लिम्बू, खुद्रा सदस्यमा रेवती भण्डारी तथा खुला सदस्यमा सुमन कोइराला, धमेन्द्र दंगाल र यामबहादुर विष्ट सर्वसम्मत निर्वाचित भएका छन् ।
संघको दमकमा शुक्रवार हुने दोस्रो अधिवेशनमा संघको अध्यक्ष र सचिवबाहेक सबै पदमा सर्वसम्मत भएको निर्वाचन समिति संयोजक नरेन्द्र बरालले जानकारी दिए । संघको दोस्रो कार्यकालका लागि अध्यक्षमा जीवनकुमार खड्का र प्रदिप खरेलले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, सचिवमा प्रल्हादराम ढुंगाना र यज्ञराज कार्कीको उम्मेदवारी दर्ता भएको छ ।
झापा शाखाको दास्रो अधिवेशनमा ३६३ जना व्यवसायीको मताधिकार रहेको छ ।