देश–समाज मुख्य विविध सुरक्षा स्वास्थ्य

प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रमा, हालसम्म १४४ को मृत्यु

दमक, १८ कार्तिक

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यकर्मी र आवश्यक सामग्री लिएर शनिबार विहान भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमन र उद्धारको लागि जाजरकोट पुगेका छन् ।
नेपाली सेनाको स्वास्थ्यकर्मीको १६ जनाको टोली र आवश्यक उद्धार सामग्रीसहित प्रचण्ड भूकम्प प्रभावित क्षेत्र पुगेका हुन् ।
जाजरकोट पुगेर उनले प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग जानकारी लिएका छन् । सिडिओसँग प्रभावित क्षेत्रको जानकारी लिएपछि उनले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्ने छन् । उद्धार र राहतमा समन्वयका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र पूर्वअर्थमन्त्री जनार्दन शर्मासमेत प्रभावित क्षेत्रमा गएका छन् ।
घाइतेको उद्धार र उपचारका लागि प्रधानमन्त्री प्रचण्ड चढेर हेलिकोप्टर समेत प्रयोग गरिएको छ । प्रचण्डले हेलिकोप्टर उद्धारमा खटाएर आफु विमानमा फर्किएका छन् ।
भूकम्प प्रभावित क्षेत्रमा सुर्खेत लगायत छिमेकी जिल्लाहरूबाट खोज तथा उद्धार लागि तीनवटै निकायका थप सुरक्षाकर्मी पनि परिचालन गरिसकेको छ ।
-भारतीय प्रधानमन्त्रीबाट दुःख व्यक्त-
जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी जनधनको क्षति भएकोप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । उनले भारतीय सरकारकोतर्फबाट सहयोग गर्न तयार रहेको समेत बताएका छन् ।
जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी रुकुम पश्चिममा मात्रै ५२ जनाभन्दा बढीको मृत्यु हुँदा हालसम्म १४४ जनाको ज्यान गएको जानकारीमा आएको प्रहरीले जनाएको छ ।

रुकुम पश्चिमको आठबीस नगरपालिकाका उपप्रमुख धनकुमारी शाहीले हालसम्म ५२ जनाको मृत्यु भएको जानकारी दिइन् । उनका अनुसार विशेषगरी ११, १२, १३ र १४ नम्बर वडा प्रभावित बनेका छन्। रुकुम पश्चिम र जाजरकोटमा भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ ।
यता जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएसपी सन्तोष रोकाका अनुसार भूकम्पमा परी हालसम्म जाजरकोटमा मात्र ९२ जनाको मृत्यु भएको छ । जाजरकोटको नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह सहित ६६ जना महिला र २६ जना पुरुषको मृत्यु भएको हो । गएराति ११ बजेर ४७ मिनेटमा ६.४ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४ः१६ बजेमा ४.६ रेक्टर स्केल, १२ः३५ बजेमा ४.३ रेक्टर स्केल, १२ः२९ बजेमा ४.२ रेक्टर स्केल, १२ः०८ बजेमा ४.५ रेक्टर स्केलका भूकम्प गएका हुन् । ४ रेक्टरभन्दा मुनिका भूकम्पका परकम्प गएपनि त्यसको रेकर्ड भने वेबसाइटमा सार्वजनिक छैन ।
भूकम्प पिडीतको उद्धार, राहत र पुनस्र्थापनमा जुट्न सवै दलहरुले आव्हान गरेका छन् । यसैबीच पिडीतको उद्धार, राहत र पुनस्र्थापनका लागि बाग्मती प्रदेश सरकारले १ करोड ५० लाख, सुदूरपश्चिम सरकारले १ करोड, नेपाली कांग्रेसले ५० लाख दिने घोषणा गरेको छ । लुम्बिनी सरकारले स्वास्थ्यकर्मी र औषधि सहितको टोली जाजरकोट खटाएको छ । कणर्ाली प्रादेशिक अस्पतालमा सेनाले उपचारका लागि मेडिकल क्याम्प खडा गरेको छ ।

You may also like