दमक, ३० भदौ-
सानिमा बैंकले सेयरधनीलाई १४.७० प्रतिशत लाभांश दिने भएको छ ।
सञ्चालक समितिको पछिल्लो बैठकले आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट सेयरधनीलाई सो लाभांश वितरण गर्ने प्रस्ताव गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बताए ।
उनले बैंकबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत गरी ५.७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको जनाए । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।