एजेन्सी । इन्डोनेसियाको पूर्वी जाभामा फुटबल रंगशालामा दंगा हुँदा कम्तीमा १२९ जनाको मृत्यु भएको छ ।

पर्सीबाया सुरबायासँग अरिमा फुटबल क्लबले ३–२ ले खेल हारेपछि समर्थकहरु मैदानमा उत्रिएर दंगा सुरु गरेका थिए । खेल सकिएपछि मैदानमा छिरेका उनीहरुलाई सम्हाल्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।
सोही क्रममा भागदौड हुँदा कम्तीमा १२९ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । घटनामा करिब १८० जना घाइते भएका छन् ।