मुख्य

ग्लोबल एजुकेशनल एकेडेमीमा सीप विकास तालिम

दमक/ झापाको दमक–६ स्थित ग्लोबल एजुकेशनल एकेडेमीले विद्यार्थीहरुलाई लक्षित गरी ३ दिने सीप विकास तालिम सम्पन्न गरेको छ । आइतबार शुरु गरी मंगलबार विद्यालयकै सभाहलमा सम्पन्न सो तालिममा कक्षा ११ र १२ का गरी ४४ जना विद्यार्थीहरु सहभागी थिए ।
तालिम अन्तर्गत विद्यार्थीहरुलाई उद्यमशिलता सीप विकास र तथा मोवाइल एप बनाउने सीप सिकाइएको थियो । सो विद्यालयको आयोजनामा भएको कार्यक्रममा इङ स्किल एकेडेमी काठमाडौं र इन्टरनेशनल कलेज इटहरीका सम्बन्धित विषय विज्ञहरुले सहजीकरण गरेका थिए । कार्यक्रममा सहभागी विद्यार्थी मध्येबाट उत्कृष्ट हुने कुनाल अधिकारी, रिजन र स्नेहालाई उद्यमशिलता विकासतर्फ संयुक्त रुपमा ६ हजार तथा उत्कृष्ट मोवाइल एप बनाउने नविनजंग पाण्डेलाई ३ हजार नगद र प्रमाण पत्र प्रदान गरिएको थियो । सो तालिम पठनपाठनलाई व्यवहारिक जीवनसंग जोड्ने उद्देश्यले आयोजना गरिएको ग्लोबल एजुकेशनल एकेडेमीका प्रधानाध्यापक गुणराज अधिकारीले जानकारी गराए । कार्यक्रमको समापनका दिन मंगलबार आयोजित औपचारिक कार्यक्रममा प्रमुख अतिथि दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, विशिष्ट अतिथि दमक–६ का वडाध्यक्ष टेकबहादुर थापा र पूर्वसन्देश दैनिकका प्रधान सम्पादक गञ्जबहादुर दाहाल रहेका थिए ।

Author

You may also like