दमक । झापाको कमल ५ स्थित लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आसन्न निर्वाचनमा नेपाली कांग्रेसहितको लोकतान्त्रिक साझा समूहले शनिवार उम्मेदवारी घोषणा गरेको छ । कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनको सो समूहले कमल ५ मा पाडाजुंगीस्थित रोडस्टार पार्टी प्यालेसमा औपचारिक कार्यक्रम गरि कार्यसमिति तथा लेखा समितिमा आफ्ना उम्मेदवार सार्वजनिक गरेका हुन् ।
निर्वाचनका लागि लखनपुर खानेपानी संस्थाको निर्वाचनको लागि उम्मेद्धवार घोषणा गरेको हो । सो साझा समूहबाट अध्यक्षमा कांग्रेसका राजकुमार न्यौपाने, उपाध्यक्ष कांग्रेसकै दिनेश अधिकारी, सचिवमा नेकपा माओवादी केन्द्रका निधिरत्न अधिकारी र सहसचिवमा माओवादीकै विमला भट्टराईलाई उम्मेद्धवार घोषणा गरेको छ ।
खानेपानीको धारा रहेका उपभोक्ता रहेको कमल गाउँपालिकाको कमल ४,५,६ र ७ वडालाई ५ वटा क्षेत्र निर्धारण गरिएअनुसार उमेदवारी घोषणा गरिएको हो । जसमध्ये क्षेत्रन. १ बाट सदस्यतर्फ पुण्य खतिवडा, कमला राई (गुरुङ्ख), क्षेत्र न.२ बाट भीष्म सिटौला, लोभिता राई (सविता) र क्षेत्र न.३ बाट कृष्ण बहादुर पाण्डेलाई उम्मेदवार बनाएको छ । यसैगरी क्षेत्र न.४ बाट प्रेमबहादुर कार्की, सावित्रा दाहाल(उप्रेती), क्षेत्र नं. ५ बाट टंक चम्लागाई र नैनकला सेढाईलाई सदस्यको उम्मेद्धवार बनाएको छ ।
यसैगरी लेखा समिति संयोजकको उम्मेद्धवार धर्मानन्द भट्टराई र सदस्यहरु सुरज कुमार कुमाल र मोनिका राईलाई उम्मेद्धवार घोषणा गरेको छ ।
कांग्रेस कमल सभापति खगेन भण्डारीको अध्यक्षतामा भएको उम्मेद्धवार घोषणा कांग्रेस कोशी प्रदेशका सदस्य तथा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा भएको थियो । त्यस अवसरमा अध्यक्षका प्रत्यासी न्यौपानेले खानेपानी उपभोक्ताहरुको हितका लागि आफूहरुले काम गर्ने प्रतिवद्धता गरे ।
कार्यक्रममा साझा समूहले खानेपानीको विविध विषयलाई समेटेर २४ वुद्धे प्रतिवद्धता पत्र समेत सार्वजनिक गरेको थियो । सो उम्मेदवारी घोषणा सभामा लखनपुर खानेपानीका उपाध्यक्ष राजेन्द्र संग्रौलाले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा प्रमुख अतिथि राई, माओवादीका कोशी प्रदेशका नेता गगन पुरी,कांग्रेस झापाका उपसभापति शेरवहादुर भट्टराई कमल ५ का वडाअध्यक्ष एलवी विष्ट लगायतले बोलेका थिए । असोजको दोश्रो साता हुने खानेपानीको निर्वाचनमा यसअघि एमालेजसपार राप्रपाको गठबन्धनले पनि उम्मेदवारी घोषणा गरिसकेको छ । सो गठबन्धनबाट कमल ५ का पूर्व वडाअध्यक्ष समेत रहेका एमालेका डम्बरबहादुर निरौलालाई अध्यक्षमा उम्मेदवार बनाएको छ ।