नेपाल फलामे छड उत्पादक संघले नेपालमा उत्पादिन डन्डीको मूल्य घटाउने निर्णय गरेको छ।
संघले सरकारले प्रतिस्थापन विधेयकमार्फत स्पञ्ज आइरन आयातमा छुट दिएसँगै डन्डीको मूल्य घटाउने निर्णय गरेको हो।
संघले विज्ञप्ति जारी गर्दै बजेटबाट स्पञ्ज आइरनमा भएको भन्सार छुट तथा स्थानीय फलामे उत्पादनमा अन्तःशुल्क नलाग्ने व्यवस्था गरेकाले प्रतिकेजी ४ रुपैयाँ मूल्य घटाउने उल्लेख गरेको छ।
संघका अध्यक्ष साहिल अग्रवाल र उपाध्यक्ष विष्णु न्यौपानेले सरकारी नीतिको कारण मूल्य घटेको उल्लेख गरेका छन्।
विदेशबाट बिलेट आयात गरी डन्डी बनाउने उद्योगले भने मूल्य नघट्ने बताएका छन्।