पथरीशनिश्चरे/ पूर्वी मोरङको पथरीशनिश्चरे नगर क्षेत्रभित्रका ९ वटा कृषि फर्महरू प्रारम्भिक छनौटमा परेका छन् ।
नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको अनुदान वितरणका लागि ति फर्महरु छनौट गरिएका हुन् ।
आज मंगलबार नै नगरबाट पेश भएका परियोजनामध्ये प्रारम्भिक छनौटमा परेका ९ फर्महरुको अनुगमन समेत गरिएको छ । आयोजनाका प्रतिनिधि डा। सुशील अधिकारी, योगेन्द्रप्रसाद शर्मा, लेखनाथ खरेल तथा नगरको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालसहितको संयूक्त टोलीले ति फर्मको अनुगमन गरेको थियो ।
बाख्रा पालन तर्फ वडा नम्बर २ की प्रेमा श्रेष्ठ, ३ का रामप्रसाद खनाल, ५ की मनमाया पाण्डेको फर्म प्रारम्भिक छनौटमा परेको छन् । त्यस्तै, दुधका लागि वडा नम्बर ३ की चन्द्रिका सापकोटा, र भला रेग्मी, ५ बाट विशाल पाण्डे तथा, दिलकुमारी सुनाम, ६ बाट योगेन्द्र रायामाझी र ७ बाट रमेश ढकालको फर्म छनौटमा परेको पशुपंक्षी शाखा प्रमुख दहालले जानकारी दिनुभयो ।
परियोजनामा प्रारम्भिक छनौटमा परेकाहरुले अव पूर्ण प्रस्तावना पेश गर्नु पर्ने र अन्तिम चरणमा छनौट गरिने छ । परियोजना सञ्चालनका लागि इनोभेसन आयोजनाको तर्फबाट ५० प्रतिशत लगानी वेहोर्ने बताइएको छ भने विश्वबैंकले ३० प्रतिशत र स्वयम् कृषक फर्मले २० प्रतिशत लगानी व्यहोर्नु पर्ने छ ।