मनोरञ्जन

विन्दु परियारको स्वरमा ‘तिम्रै हुन पाउँ’ सार्वजनिक

आधुनिकदेखि पार्श्व गायनमा आफूलाई अब्बल सावित गरेकी गायिका विन्दु परियारको स्वरमा रहेको नयाँ गीत ‘तिम्रै हुन पाउँ’ सार्वजनिक भएको छ।
सार्वजनिक गीतमा कमल खत्रीको शब्‍द तथा संगीत रहेको छ। उदयराज पौडेलले एरेन्ज गरेको गीतको मिक्सिङ तथा मास्टरिङ श्यामश्वेत रसाइलीले गरेका छन्।
सार्वजनिक गीतको भिडियोमा पनि विन्दु आफैँ फिचर भएकी छिन्। यसै भिडियोबाट विन्‍दुले अभिनयमा डेब्यु गरेकी हुन्। भिडियोमा उनलाई प्रेमिल शैलीमा प्रस्तुत गरिएको छ।
शान थापाको निर्देशनमा बनेको भिडियोलाई अर्जुन तिवारीले खिचेका छन्। राजिव समरको करियोग्राफी रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।

Author

You may also like