फिल्मी खबर मनोरञ्जन

‘द सेक्रेट अफ राधा’को पहिलो पोस्टर सार्वजनिक

नेपाली फिल्म ‘द सेक्रेट अफ राधा’को पहिलो पोस्टर सार्वजनिक भएको छ। सुवर्ण थापाको निर्देशनमा बनेको फिल्मको पोस्टर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको हो।
सार्वजनिक पोस्टरमा अभिनेत्री सृष्टि श्रेष्ठ देखिएकी छन्। फिल्ममा केन्द्रीय पात्र राधाको भूमिका उनले नै निर्वाह गरेकी छन्। सृष्टिबाहेक फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, निश्चल बस्नेत, मेनुका प्रधान लगायतका कलाकारको पनि अभिनय रहेको छ।
यसै फिल्ममार्फत अभिनेता सौगात मल्लले पनि फिल्म निर्माणमा हात हालेका छन्। ‘द सेक्रेट अफ राधा’ सौगात र निर्देशक सुवर्णको संयुक्त लगानीमा बनेको फिल्म हो। सामाजिक मुद्दामा बनेको नारी प्रधान फिल्मको अन्तिम चरणको काम भइरहेको छ।

Author

You may also like