लेख

कार्डबोर्ड चपाइरह्यौं

एक्लै स्वाद जाने र फेरि बेग्लै समयमा छुट्टै व्यथाले गर्दा गन्ध उड्ने कुराको अनुभव म जस्तै अरुले पनि जीवनका कुनै समयमा संगालेको हुनुपर्छ । ज्वरोले अलि समय सताउँदा स्वाद उडेको अनुभव थियो । रुघाले ग्रस्त पार्दा गन्ध उड्नु पनि सामान्य नै हो । तर यसपाला सारा संसारले भोगेको अनौठो नयाँ व्याधिले दुईवटै इन्द्रियलाई निस्तेज पारेर स्वाद र गन्ध उडाइदियो ।
कोरोना व्याधिलाई म नजिकबाटै सुन्दै र पढ्दै थिएँ । कसैलाई यसले उठ्नै दिएन, कसैलाई थिलथिलो पा¥यो र कसैलाई भने कोतरेर मात्र गयो । हामी तेश्रो श्रेणीमा प¥यौँ । हामीलाई भने सामान्य रुपमै छोएर बिदा लियो यस पटकलाई कोरोनाले ।
कार्डबोर्डको आहारा
यो हाँस्न हुने विषय त होइनथ्यो । कोरोनाले आफ्ना नजिकका चिनेजानेका धेरैलाई कष्ट दियो र कतिलाई त चुँडाएर हामी माझबाट लग्यो । तर यो अदृष्य शक्तिले गन्ध र स्वाद अचानक उडाएदिएपछि भने मलाई हाँस्न मन लाग्यो । “पीडाका समयमा हाँस्न सकियो भने आपूm अजेय हुइँन्छ,” भन्ने एउटा भनाइ पढेपछि त मलाई अझ हाँस उठेर आयो । मैले अघिल्लो दिनसम्म चपाएर स्वाद लिएका सबै कुरा कार्टुनका गत्ता चपाए जस्ता स्वादहीन भएर गए । बिमारले छोएपछि नै हो मैले आँगनको आँपका पात चुँडेर माड्दै गन्ध परीक्षण गर्न थालेकी । तर अचानक एकदिन गन्ध गायब भयो । स्वाद त अलि पहिले नै हराइसकेको थियो । मंैले आँखा चिम्लेर विचार गरें– म आपूm के चपाइरहेकी छु भनेर । त्यो खाद्यवस्तुको स्वरुप बारेमा पनि ज्ञान नहुने हो भने त केहि भेद नपाइने रहेछ । अर्थात् भनौँ मेरा आँखा छोपेर मलाई माटाको एक डल्लोलाई कुराउनीजस्तै पारेर दिने हो भने मैले खाने रहेछु । खानाका स्वाद र बास्ना नहुँदा एउटा अनौठो स्थिति पैदा हुने रहेछ । मैले ‘कार्डबोर्ड एक्सप्रेसन’ भन्ने शब्दावली प्रयोग गरिरहने एउटी मेरी साथीको कुरा सम्भेmँ । त्यो फलानो कुनै भावविहीन छ । त्यस्तो व्यक्ति खुशी हो कि दुःखी हो भनेर थाहा नै नपाइने स्थितिलाई उसले कार्डबोर्ड एक्सप्रेसन भनेकी थिई । त्यस्तै स्थिति थियो यो स्वाद र गन्ध विहीनको स्थिति । चामल राम्रा हुनु वा नहुनु, खाना मीठो होस् वा नहोस्, तरकारीहरु स्वादिला र मसलेदार छन् छैनन्को भेद भन्दा पर थिएँ म ।
हामी भोकभन्दा पनि स्वाद र गन्धका लागि आफ्नो जीवनको कत्रो हिस्सा त्याग गर्नेरहेछौं । “यो खाएर पेल्ने बिमार हो । स्वाद होस् या नहोस्, खाइरहनु पर्छ,” भन्ने सुझाव शुभ चिन्तकहरुबाट आइरह्यो, हामी कार्डबोर्ड चपाइरह्यौं । यो कोरोनाले मलाई हाम्रा शास्त्रले पढाएजस्तै स्वाद र गन्धमा नभुल्नु, प्राप्त भएका खाद्यवस्तु जीवनरक्षाका लागि हुन् भन्ने ठानेर खानू भनेर सिकाए जस्तो पो लाग्यो । यसैले कोराना त सन्त जीवन शैलीको झल्को दिंदै हिंडेजस्तो पो लाग्यो । आफ्नो चेत आएदेखिका मीठो र नमीठोका छनोटहरुले मेरो मगजमा कत्रो ठाउँ ओगटेको रहेछ भन्ने मलाइ ज्ञान भयो ।
स्वाद र गन्धविहिन समय
मलाई राजनीतिक चटक उत्पातै रमाइलो लाग्छ । यो कोरोना सहने आफ्नो पालो परेको हप्ता राजनीतिले अझ सुन्दर स्वरुप लियो । अति रसिला सपनाहरुका पोका फुकाएर कहिल्यै नसकिने आश्वासनका भीमकाय बाकस बोकेको एमाले पार्टी तीन टुक्रा भयो । यी विभाजित मानवहरुका रसिक गफले पनि मलाई कोरोना पीडा भुलाउन सहयोग नै ग¥यो । त्यस सँगसँगै जनता समाजवादी पार्टी पनि चोइटियो । चार दशकदेखि प्रजातन्त्र प्राप्तिका लागि लागिपरे जस्तो गर्ने राजनीतिक अगुवाहरुका आश्वासन र गफहरु हिजोसम्म रमाइला थिए । हामी नपत्याइकन ती कुराहरु पत्याउँथ्यौं । तिनका कुराका विरुद्धमा जानु गैरप्रजातान्त्रिक हुनु हो भने भैंm गरेर चुपचाप उनीहरुका कुरामा लाहाछाप माथ्र्यांै । गत एक वर्षदेखि प्रजातन्त्र धर्मराएको छ । व्यक्तिगत रुपमा जनताको दुहाई दिंदै प्रजातन्त्रप्रति वितृष्णा जगाउने काम भएको छ । यी कुराहरु मलाई कोरोनाले उडाएको स्वाद र गन्ध जस्तै लागेको छ । स्वाद र गन्ध बिनाको राजनीति र कार्डबोर्ड चपाएको जस्तो खानाको स्वाद उस्तै लागेको छ । यो वेस्वादको राजनीतिले ओगटेको समयमा हामीमध्ये केही त पश्चमार्गी पनि बन्न भ्याएका छौँ । यो पश्चमार्गी शब्दले मलाई एउटा पुरानो भ्यागुताका राजाको कथाको सम्झना आउँछ ।
यस बालकथामा भ्यागुताहरु पोखरीमा आनन्दपूर्वक खाने, खेल्ने, रमाउने गरिरहेका हुन्छन् । एकै प्रकारको दिनचर्याले उनीहरुमा बिरक्ती छाउँछ । अनि एकदिन बैठक बसेर उनीहरुले एउटा राजाको माग गर्ने निर्णय गर्छन् । उनीहरु रातभर मिलेर प्रार्थना गर्छन् । यस्तैमा भोलिपल्ट बिहान उनीहरुले एउटा सुकेको मुढो पानीमाथि तैरिरहेको देख्छन् । उनीहरुलाई आफ्नो प्रार्थनाको फल प्राप्त भएको जस्तो लाग्छ र खुशी हुन्छन् । केहि समयपछि त्यो हावाको लयमा यताउता सर्ने मुढो देखेर फेरि भ्यागुता बिरक्तिन्छन् र राजा फेर्नुपर्ने निर्णय गर्छन् । अनि फेरि उनीहरु प्रार्थनामा जुट्छन् । भोलिपल्ट एउटा सुन्दर बकुल्लो उडेर त्यस पोखरीमा आइपुग्छ । भ्यागुताहरुले ठान्छन् ओहो कति सुन्दर राजा । बकुल्लाले एकएक गर्दै भ्यागुता निल्न थालेपछि अलेली बाँकी रहेका भ्यागुता फेरि प्रार्थना गर्न थाल्छन्, “हे प्रभु, यो देख्नमा सुन्दर राजा भन्दा पहिलेको मुढो राजा नै ठिक थियो ।” म आपूm पनि त्यही एक भ्यागुतो भए जस्तो लाग्छ । यो ठीक कि ऊ ठीक भन्दा भन्दै समयले आपूmलाई निलिरहे जस्तो लाग्छ ।
अदृष्य उपहार
हाम्रो चेत प्रायः पाँचवटा इन्द्रियका वरिपरि नै घुमिरहन्छ । यी मध्ये स्वाद र गन्ध ग्रहण गर्ने इन्द्रियहरुले मात्र काम नगर्दा पनि हामी मानसिक रुपमा अपाङ्ग नै हुनेरहेछौं । यस कुराले मलाई अर्को एउटा कुराको आत्मबोध गरायो । हामी हाम्रा अत्यन्त मूल्यवान कुराहरुलाई बेवास्ता गर्दारहेछौं र जे कुरालाई बेवास्ता गर्नुपर्ने हो त्यसका पछाडि अन्धा भएर दौडिदा रहेछौं । हामीले फेर्ने श्वासको महत्व कोरोनाकालपछि जति हामीले भित्रबाट अनुभूत ग¥यौं, शायद पहिले कहिल्यै गरेका थिएनौं होला । अक्सिजनका हजारौं सिलिण्डरहरु त्यस बीचमा रित्तिए र भरिए । अनि अक्सिजनका अभावमा हाम्रा प्रियजनहरुले ज्यान गुमाए । हामीले साँच्चै नै हावाको महत्व बुझेका रहेनछौं । यो घाम नहुँदो हो त, पानी नहुँदो हो त, यो मेसिनरुपी मुटु एकनाशले नधड्किंदो हो त, हाम्रो अस्तित्व कतिबेर टिक्छ ? हाम्रा सारा आडम्बर, दम्भ, अहंकार, उत्साह, खुशी, उमंग, पीडा, सन्ताप त्यहि एक मुठी अक्सिजनमा अडिएको रहेछ । एकछिन त्यो अक्सिजन नहुँदो हो त यी मानवरुपी जुनकिरीका बत्ती झ्याप्प निभ्न कति बेरै नलाग्ने रहेछ । स्वाद र गन्धविहीन समयले मलाई यति चिन्तन गर्ने मौका पनि दियो । मैले कार्डबोर्ड चपाइरहँदा आपूmलाई एउटा जुकाभन्दा फरक ठानिन । अर्को प्राणीको रक्त चुसेर बाँचेको प्राणी जुको जस्तै सित्तैमा प्रकृति प्रदत्त घाम, पानी र हावाका भरमा म बाँचिरहेकी रहेछु । मैले ती अमूल्य उपहार प्रदान गर्ने प्रकृतिलाई धन्यवाद भन्न समेत बिर्सेकी रहेछु ।

You may also like