समाचार

सञ्चार क्लबको अध्यक्षमा भट्टराई

उर्लाबारी/पूर्वी मोरङका पत्रकारहरूको साझा संस्था सञ्चार क्लब नेपालको अध्यक्षमा पूर्वसन्देशकर्मी नवराज भट्टराई विजयी भएका छन् । शुक्रबार सम्पन्न क्लबको १८ औं साधारणसभाबाट भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् ।
क्लबको इतिहासमा पहिलो पटक चुनावबाट नया“ नेतृत्व चयन भएको हो । भट्टराईले ४१ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी हरि कोइरालालाई १२ मत पाए । यस्तै, उपाध्यक्षमा कुमार खड्का निर्वाचित भए । उनले २९ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी सुमन घिमिरेले १८ र दिपक बाँस्तोलाले ६ मत प्राप्त गरे ।
महासचिवमा विजय धिमाल ४१ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी भिमराज अधिकारीले १२ मत प्राप्त गरे । सदस्यमा संगीता राई र सनम रोक्का विजयी भए । क्लबको सचिव र कोषाध्यक्षमा क्रमशः ज्योति चौहान र पुजन दास सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै, लेखा समिति संयोजकमा तिलक नेपाली तथा सदस्यहरुमा विवेक न्यौपाने र खड्ग वेदना चयन भएका छन् । यसैबीच, क्लबको पहिलो बैठकले कार्यसमिति सदस्यमा ईश्वर दुलाल र अनिल चौहानलाई मनोनित गरेको अध्यक्ष भट्टराईले बताए ।
यसअघि क्लबको १८ औं वार्षिक साधारणसभा उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग फागोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । साधारणसभामा प्रमुख अतिथि फागो, विशिष्ट अतिथि उपप्रमुख लक्ष्मीदेवी भण्डारी, नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष मोहन भट्टराई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष अर्जुन जम्नेली राई, क्लबका पूर्व अध्यक्ष मदनबाबु प्रसाई, समाजसेवी जयधर्म आचार्यलगायतले शुभकामना मन्तव्य राखेका थिए । क्लबका अध्यक्ष सरोज बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा उर्लाबारी–२ का वडाध्यक्ष राजन क“डेललाई सम्मान गरिएको थियो । यस्तै, उर्लाबारी उद्योग वाणिज्य संघलाई पनि सम्मान गरिएको थियो । सञ्चार क्लब नेपालमा पूर्वी मोरङका ५६ जना पत्रकार आवद्ध रहेका छन् ।

Author

You may also like