समाचार

पहिलो पाइला नेपाल दमक शाखाद्वारा खाद्यान्न सहयोग

दमक/झापाको शिवसताक्षी धाममा रहेका साधुसन्तलाई पहिलो पाइला नेपाल नामक संस्थाले खाद्यान्न सहयोग गरेको छ । ति सामग्रीमा चामल १ सय केजी, दाल ६ केजी, नुन ६ केजी, तेल ६ लिटर, चिउरा ६ केजी, भुजा ६ केजी, आलु १० केजी, नुहाउने साबुन १२ पिस सताक्षीधाम मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष प्रसाद सुब्बालाई हस्तान्तरण गरिएको सो संस्थाले जनाएको छ । कार्यक्रममा संस्थाका सल्लाहकार बिमल शर्मा, राजु खड्का, गणेश प्रधानका साथै संस्थाका सदस्य हरको उपस्थिति रहेको पहिलो पाइला नेपाल दमक शाखाका सचिव मेघनाथ फूयालले बताए ।

Author

You may also like